CLASSICTECH NET

शीर्ष स्थानमा उक्लियो अस्ट्रेलिया, बंगलादेश ४८ रनले पराजित

खबर पूर्वाञ्चल, ६ असार २०७६, शुक्रबार ०६:०३

विराटनगर । इंग्ल्याण्ड तथा वेल्समा जारी आईसीसी एकदिवसीय विश्वकप क्रिकेट प्रतयोगितामा अष्ट्रेलियाले बंगलादेशलाई पराजित गर्दै शिर्ष स्थानमा उक्लिएको छ ।
इंग्ल्याण्डको नटिङघममा विहिबार ािती भएको खेलमा अष्ट्रेलियाले बंगलादेशलाई ४८ रनले पराजित गर्दै शिर्ष स्थानमा उक्लिएको हो । ६ खेल खेलेको अस्ट्रेलियाले ५ खेलमा जित र १ खेलमा पराजित हुँदै १० अंक जोडेको छ भने बंगलादेशले ६ खेलमा २ मा जित, ३ मा पराजित र १ खेल नजिता विहिन हुँदै ५ अंकका साथ पाँचौ स्थानमा यथावत रहेको छ ।

३ सय ८२ रनको विशाल लक्ष्य पछ्याएको बंगलादेशले निर्धारित ५० ओभर पुरै खेल्दै ८ विकेटको नोक्सानीमा ३ सय ३३ रन जोडेको थियो । बंगलादेशकालागि पूर्व कप्तान मुस्फिकर रहिमले शतकीय इनिङ्स खेलपनि टोलीलाई जित दिलाउन सकेनन् । उनले अविजित रहदै १ सय २ रन बनाए । यस्तै ममुदउल्लाहले ६९ रन बनाउँदा तमिम इकबालले ६२ रनमा आउट भए । त्यस्तै शकिब अल हसनले ४१ रन र लिटोन दासले २० रन बनाए । अष्ट्रेलियाका मिचेल स्टार्क, मार्कुस स्टोनिस र नेइल कुल्टरनाइलले २–२ विकेट लिँदा एडम जाम्पाले १ विकेट लिए ।

यस अघि डेभिड वार्नरको रेकर्डसँगै टस जितेर ब्याटिङ गरेको अष्ट्रेलियाले निर्धारित ५० ओभरमा ५ विकेट गुमाई ३ सय ८१ रनको विशाल योगफल तयार पारेको थियो ।

उत्कृष्ट सुरुवात गर्दै अष्ट्रेलियाले पहिलो विकेटकालागि कप्तान एरोन फिन्च र डेभिड वार्नरले १ सय २१ रनको डोस साझेदारी गरे । फिन्च ५३ रनमा आउट भए । त्यसपछि उस्मान ख्वाजाले वार्नरसँग उत्कृष्ट साझेदारी गदै दोस्रो विकेटका लागि १ सय ९२ रन जोडे । यसक्रममा वार्नरले २०१९ को विश्वकपमै सर्वाधिक व्यक्तिगत रनको रेकर्ड बनाए । उनले १ सय ४७ बलमा ५ छक्का र १४ चौका प्रहार गर्दै १ सय ६६ रनको पारी खेले । ख्वाजाले ८१ जेडुदा ग्लेन म्याक्सवेल ३२ रन , मार्क्स स्टोनिस १७ रन र पूर्व कप्तान स्टिभ स्मिथ मात्र १ रनमा आउट भए । बंगलादेशका सौम्या सरकार ३ विकेट लिँदा मुस्ताफिजुर रहमानले १ विकेट लिए ।

तपाईको प्रतिक्रिया

moder era School

खबर पूर्वाञ्चल

खबर पूर्वाञ्चल मिडिया प्रालीद्वारा सञ्चालीत खबर पूर्वाञ्चल डट कम
सञ्चालक तथा प्रवन्धक निर्देशक:
पुष्पराज थपलिया
सम्पर्क नं. ९८५२०२९८२२, ९८०७०६१९९२
Email: pushpa.biratnagar@gmail.com
सम्पादक – डिल्ली पोखरेल, ९८५२०२२३९२
सुचना तथा प्रसारण विभाग दर्ता नं. ०७५७/०७४/७५