CLASSICTECH NET

सडक सुशासनमा जुटे जनप्रतिनिधी

खबर पूर्वाञ्चल, ४ असार २०७६, बुधबार १९:३०

कुमोद अधिकारी
विराटनगर / सडक दुर्घटना न्यु्निकरणगर्न मोरङको धनपालथान गाउँपालिकामा आजदेखि सडक सुशासन अभियान शुरु गरिएको छ ।

हुलाकी राजमार्ग अन्र्तगत कर्सिया वजारक्षेत्रमा सडक दुर्घटना वढेपछि धनपालथान गाउँपालिकाले यो अभियान शुरु गरेको हो ।

नेपाल प्रहरी , राजनितिकदल, नागरिक समाज, उधोगी व्यवसायी तथा विभिन्न संघसंस्थाको सहयोगमा गाउँपालिकाले अभियान शुरु गरेको हो । पहिलो चरणमा कर्सिया वजारको दायावाया रहेका टहरा तथा फुटपाथ पसल तथा सडकमा राखिएको निमार्ण समाग्री हटाउन शुरु गरेको छ । यसैगरी सवारी साधन व्यवस्थित गर्न तथा वाटो काट्दा कसरी काट्ने विषयमा सचेतना फैलाउदै कर्सियामा लाग्ने गुद्रि हाटवजारलाईु व्यवस्थित वनाउन अभियान शुुरु गरेको सो गाउँपालिकाका अध्यक्ष हरिलाल सिंहले वताए ।

पशुचौपाय जथाभावी नछाड्न, अत्याधिक गतिमा सवारी साधन नचलाउन तथा सडकको दायावाया निश्चित मापदण्ड भित्र निमार्ण समाग्री नराख्न भन्दै गाउँपालिकाले मायकिङ समेत गरेको छ ।

सवैको सहयोगले मात्र अभियान सफल हुने भएकाले अभियानमा सवैलाई जुट्न आग्रह उनले गरे । प्रदेश १ का प्रदेश सांसद ज्ञानेश्वर राजवंशीले सडक दुर्घटना न्युनिकरणगर्न शुरु गरिएको अभियानालाई निरन्तरता दिनु आवश्यक रहेकोमा जोड दिए । सडक दुर्घटना न्युनिकरणगर्न इलाका प्रहरी कार्यालय तथा जिल्ला ट्रफिक कार्यालय मोरङ मोरङ तथा कर्सिया प्रहरीको समेत अभियानमा सहभागिता रहेको छ ।

इलाका प्रहरी कार्यालय रंगेलीका प्रहरी निरीक्षक कविन्द्र कार्कीले नेपाल प्रहरीले हुलाकी राजमार्ग अन्र्तगत पर्ने रंगेली र सुनवर्शी नगरपालिकामा पनि सडक सुरक्षा अभियान शुरु गरेको भन्दै राजमार्गमा लाग्ने हाट वजारलाई व्यवस्थित गर्नुपर्नेमा जोड दिए ।

तपाईको प्रतिक्रिया

biratnagar mahanagarpalika dasain
GREDED DASAIN
birat eye hospital
NEPAL BUSNESH COLLEGE

खबर पूर्वाञ्चल

खबर पूर्वाञ्चल मिडिया प्रालीद्वारा सञ्चालीत खबर पूर्वाञ्चल डट कम
सञ्चालक तथा प्रवन्धक निर्देशक:
पुष्पराज थपलिया
सम्पर्क नं. ९८५२०२९८२२, ९८०७०६१९९२
Email: pushpa.biratnagar@gmail.com
सम्पादक – डिल्ली पोखरेल, ९८५२०२२३९२
सुचना तथा प्रसारण विभाग दर्ता नं. ०७५७/०७४/७५