पूर्वाञ्चल खबर
विराटनगर / विश्व क्रिकेटका नम्बर एक बलर अफगानिस्तानका रसिद खान विश्वकपमा सबैभन्दा बढी रन खाने खेलाडिको विश्वकिर्तीमान राखेका छन् ।
विश्वका उत्कृष्ट लेग स्पिनर मध्येका एक रसिदले आइसिसी क्रिकेट विश्वकप अन्तर्गत मंगलबार इंग्ल्यान्ड विरुद्धको खेलमा १ सय १० रन दिएका हुन् । उनले ९ ओभरमा ११ छक्का र ३ चौका दिए । यसअघि यो रेकर्ड बर्मुडाका ड्वेन लेभेरकको नाममा थियो । उनले सन् २००७ मा वेस्ट इन्डिजमा भएको विश्वकपमा भारतविरुद्ध खेलमा १० ओभरमा ९६ रन खर्चिएका थिए । स
योसँगै रसिद एकदिवसीय क्रिकेटमा बढी रन दिने खेलाडीको सूचीमा संयुक्तरुपमा दोस्रो स्थानमा पुगेका छन् । यसअघि पााकिस्तानका तीव्र गतिका बलर वाहव रियाजले इंग्ल्यान्डविरुद्ध सन् २०१६ मा १० ओभरमा १ सय१० रन नै खर्चिएका थिए।
एकदिवसीय क्रिकेटमासर्वाधि रन दिने एकदिवसीय खेलमा सबैभन्दा महँगा बलर भने अस्ट्रेलीयाका मिक लेविसको नाम छ । उनले सन २००६ मा दक्षिण अफ्रिका विरुद्ध १ सय १३ रन दिएका दिए । त्यो खेलमा दक्षिण अफ्रिकाले अस्ट्रेलीयाले दिएको ४ सय ३५ रनको लक्ष्य पछ्रयाएको थियो । त्यो खेलमा दक्षिण अफ्रिकासँग अस्ट्रेलीया १ विकेटले पराजित भएको थियो ।