AArya
RUMPUM
animated ellipse animated ellipse

न्यूरो हस्पिटलमा मेगा बैंकका ग्राहलाई छुट

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२ असार २०७६, सोमबार १९:३९
3
Shares

विराटनगर / न्यूरो कार्डियो एण्ड मल्टिस्पेसियालिटि हस्पिटल र मेगा बैंक विराटनगरबीच अस्पतालले प्रदान गर्ने विभिन्न सेवा तथा सुविधाहरुमा दिइने छुट सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।

सम्झौता अनुसार हस्पिटलमा उपचार गराउँदा बैंकबाट डेबिट, क्रेडिट, प्रिभिलेज कार्ड लिएका बैंकका ग्राहक तथा बैंकमा कार्यरत कर्मचारी तथा निजको परिवारले अस्पतालको सेवामा १५ प्रतिशत सम्म छुट पाउने न्यूरो हस्पिटलले जनाएको छ ।

सम्भौतापत्रमा न्यूरो हस्पिटलको अपरेस्नल डाइरेक्टर राजेश भट्टराई र मेगा बैंकका १ नं प्रदेश प्रमुख अभिशेक कार्कीले हस्ताक्षर गरे । न्यूरो हस्पिटलको अपरेस्नल डाइरेक्टर राजेश भट्टराईले स्वदेशमै गुणस्तरीय उपचारमा सहुलियत दिने उदेश्यले दुईपक्षीय सम्झौता गरेको बताए ।

न्यूरो हस्पिटलले यस अघि पनि विराटनगरको ग्लोबल आइ एम इ बैंक, सनराइज बैक, नेपाल पत्रकार महासंघ मोरङ शाखा, मेट लाइफ इन्सोरेन्स , कुमारी बैंक लगायतका दर्जनौं संघ संस्थामा आवद्ध सदस्य तथा कर्मचारीहरुलाई छुट सहितको स्वस्थ्य सेवा प्रदान गर्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर