पूर्वाञ्चल खबर
विराटनगर / विराटनगर– मा रहेको सेन्ट मेरिज स्कूलकी छात्रा सिम्पल कोइरालले मिस एसईई मोरङ २०१९’ भएकी छिन् । १२ जना प्रतियोगिरूलाई पछि पार्दै सिम्पलले मिस एईईको उपाधि जितेकी हुन् ।
प्रतियोगिताको फस्ट रनरअप कृतिका पौडेल भइन् भने सेकेण्ड रनरअप प्रशान्ति चापागाई घोषित भइन् । त्यस्तै ‘अर्गनाइजर च्वाइज’ एवार्ड रीया मिश्रले जितिन् ।
हाउस अफ मिडिया एण्ड इन्टरटेन्टमेन्टको आयोजनामा विराटनगरमा सम्पन्न भएको फाइनलमा एभरेष्ट मिस वेस्ट वकमा आरुसी कर्ण, जेसी मिस फोटोजेनिकमा दिक्षा गुप्ता घोषित भइन् । त्यस्तै ग्रेडेड मिस पे्रmन्डसिप अदिति मण्डल, भानु मिस ट्यालन्ड र सगरमाथा मिस पर्सानालिटीमा रिया मिश्रा घोषित भइन् । यस्तै कान्तिपुर मिस कन्फिडेन्ट कृतिका पौडेल, मदरल्याण्ड मिस डिसिपिलेन्टमा नितु श्रेष्ठ, केएमसी मिस कन्जिनियालिटी र सिद्धार्थ मिस एक्टिभ सिम्पल कोइराला घोषित भइन् । यसैगरि अरनिको मिस इन्टेलेक्चुयलमा भारती राजवंशी, मिस ब्यूटी विइद र मिस गोदावारी मिस पन्चुवलमा प्रशान्ती चापागाइ घोषित भइन् ।
एक्ट्रा च्वाइस मिस फेशन आइकन र सोनाम मिस ग्यालबर लुकमा सुस्मिता तामाङ्ग भइन्
। यस्तै हाम्रो बुटिक मिस गुलोइन स्किनमा अन्सु लामा, शिक्षादीप मिस बब्लि जेनिसा आले, काभ्य मिस रिफ्रेसिङ्ग ब्यूटी दिक्षा गुप्ता घोषित भइन् ।
प्रतियोगिताको निर्णायकहरूमा मिस एसिया प्यासिफिक आस्था शाख, डा. मनोज राउत, डा. पार्थ गुरागाई, सुनिता भट्टराई र टिपी आचार्य रहेका थिए ।
‘सीप र संस्कार सहितको सौन्दर्य’ मुल नाराको साथ भएको प्रतियोगिताको बिजेताले नगद ३० हजार रुपैयाँको साथै ज्योति लाइफ इन्स्योरेन्सले ५ लाख मुल्य बरावरको जीवन बिमा गरिदिएको छ । प्रतियोगिताको फस्ट रनरअपले २० हजार र ४ लाख ५० हजारको जीवन विमा र सेकेण्ड रनरअपले १५ हजार सहित ३ लाखको जीवन विमा गरिनेछ ।
त्यस्तै प्रतियोगिताको विजेता, फस्ट रनरअप र सेकेण्ड रनरअप हुनेलाई विराटनगरको शिक्षादीप कलेजले छात्रवृति प्रदान गरिएको छ ।