CLASSICTECH NET

ट्रयाक्टर दुर्घटना १ को मृत्यु

खबर पूर्वाञ्चल, २९ जेष्ठ २०७६, बुधबार १५:३८

सुनसरी / सुनसरीको बराह नगरपालिका ८ शुक्रवारे चौकमा भएको ट्रयाक्टर दुर्घटनामा सहचालकको मृत्यु भएको छ ।

आज शुक्रवारेबाट महेन्द्रनगरतर्फ जाँदै गरेको को २ त ७७९० नम्बरको ट्रयाक्टर आँफै अनियन्त्रित भई दुर्घटना हुँदा सहचालक स्थानीय ३२ बर्षीय मोहमद मियाँ ट्याक्टरले च्यापिएर गम्भीर घाईते भएका थिए । उक्त स्थानमा ईलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट प्रहरी टोली खटि गई च्यापिएका सहचालकलाई उद्धार गरी उपचारको लागि बिपी कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान धरान पठाएकोमा उपचारकै क्रममा दिउँसो मृत्यु भएको सुनसरी प्रहरीले जनाएको छ ।

ट्याक्टर र चालक ईलाका प्रहरी कार्यालय महेन्द्रनगरको नियन्त्रणमा रहेका छन् ।

तपाईको प्रतिक्रिया

moder era School
birat eye hospital

खबर पूर्वाञ्चल

खबर पूर्वाञ्चल मिडिया प्रालीद्वारा सञ्चालीत खबर पूर्वाञ्चल डट कम
सञ्चालक तथा प्रवन्धक निर्देशक:
पुष्पराज थपलिया
सम्पर्क नं. ९८५२०२९८२२, ९८०७०६१९९२
Email: pushpa.biratnagar@gmail.com
सम्पादक – डिल्ली पोखरेल, ९८५२०२२३९२
सुचना तथा प्रसारण विभाग दर्ता नं. ०७५७/०७४/७५