CLASSICTECH NET

विराटनगर ‘डि’ प्लटको सटरभाडाबाट वार्षिक तीनलाख ६० हजारबाट एक करोड पाँचलाख उठ्ने

खबर पूर्वाञ्चल, २७ जेष्ठ २०७६, सोमबार २०:४५

विराटनगर /विराटनगर महा–नगरपालिकाद्धारा संचालित विराटनगर–९ मा सरकारी भवन(डि प्लट) बाट मासिक ८ लाख भन्दाबढी राजस्व उठ्ने भएको छ ।

विचोलीयाको मिलेमतोमा हुँदै आएको भाडाको दर अब टेण्डर मार्फत गएपछि महानगरको आम्दानी बढेको हो । लाखौँ मासिक राजश्व गुम्दै आएकोमा टेण्डरपछि महानगरलाई ठुलै राजश्व उठ्ने भएको छ । मासिक ३० हजार रुपैयाँ राजस्व उठ्ने डिप्लटमा महानगरपालिकाले नयाँ टेण्डर मार्फत २० वटा सटर भाडामा लगाएपछि मासिक राजस्व ८ लाख ७८ हजार पुग्ने भएको हो । जुन एक वर्षमा एक करोड ५ लाख ३६ हजार पुग्नेछ । जुन अहिले उठ्दै आएको रकम भन्दा एक करोड एक लाख बढी हो ।

महानगरपालिकाको स्वामित्वमा रहेको डि प्लटमा रहेको सटर प्रयोग गर्ने व्यापारीहरुले मासिक ३ सय ८४ रुपैयाँदेखि ३ हजार १ सय ५० रुपैयाँसम्म महानगरमा भाडा बुझाउँथे । तर विराटनगर महानगरपालिकाले नयाँ टेण्डर आह्वान गरी सटर भाडामा लगाउँदा मासिक ८ लाख ७८ हजार राजस्व उठ्ने प्रमुख प्रशासकिय अधिकृत एकदेव अधिकारीले जानकारी दिए ।

महानगरको डि प्लटको सटर भाडा न्यूनतम २१ हजारदेखि १ लाख २८ हजार रुपैयाँ सम्ममा ठेक्का लागेको छ । नयाँ टेण्डर लागेपछि वार्षिक एक करोड भन्दाबढी राजस्व उठ्ने प्रमुख प्रशासकिय अधिकृत अधिकारीले भनाई छ ।
ठेक्का लागेको दुई महिनासम्म पुराना व्यवसायीहरुले पसल खाली नगरेपछि विराटनगर महानगरपालिकाको २० कोठे भवन बल प्रयोग गरी खाली गराइएको छ । सुरक्षाकर्मीसहित विराटनगर महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अधिकारीको नेतृत्वको टोलीले भवन खाली गराएको हो ।

दुई महिनासम्म भवन नछोडेको भन्दै बलप्रयोग गर्न सुरक्षाकर्मीसहित महानगरपालिकाको टोली पुगेपछि केही बेर तनाव भएको थियो । महानगरपालिकाले भवन खाली गराउने निश्चित देखेपछि टेण्डरमा पाएका ब्यवसायीहरुले आजैनै वडा नम्वर ९ को कार्यालयमा सम्झौताकालागि निवेदन दिएका छन् ।

प्रमुख प्रशासकीय अधिकृत अधिकारीले भवन खाली गराएसँगै ठेक्का पाएकाहरुले सम्झौताकालागि वडामा निवेदन दर्ता गराइसकेको जानकारी दिए । महानगरपालिकाले सो भवन भाडामा लगाए वापत अब वार्षिक १ करोड ५ लाख रुपैयाँ आम्दानी गर्नेछ । अहिलेसम्म भने वार्षिक ३ लाख ५० हजार रुपैयाँ मात्र आम्दानी गर्दै आएको थियो । अब मासिक ८ लाख ७८ हजार भाडा उठ्ने प्रमुख प्रशासकीय अधिकृत अधिकारीले जानकारी दिए ।

सि प्लट २०७७ सम्मकालागि ठेक्कामा लागेको छ । ए र बी प्लट भने पार्क निर्माणकालागि खाली गरिएको छ । डि प्लटमा रहेका २० सटर मध्ये १० वटा सटर विराटनगर मेनरोड र ठाकुरबारी रोडसग जोडिएका छन् । मुख्य सडका जोडिएका सटरको भाडा एकलाख भन्दा माथि छ ।

सटर खाली गराउन व्यापारीको अबरोध
महानगरपालिकाले बोलपत्र आह्वान गरेपछि मासिक अधिकतम ३ हजार रुपैयाँ तिर्नेहरुले एक लाख २८ हजार सम्म भाडा तिर्नेगरी कबोल गरेका छन् । २० वटा सटरमा पसल गर्दै आएकाहरु मध्ये १६ वटा पसलले टेण्डर परेको थियो ।

टेण्डर नपारेका सटरलाई हटाउन महानगरपालिकाले समय दिएको थियो । तर महानगरले दिएको समय अटेर गरेपछि सोमबार महानगरपालिका सटर खाली गर्न पुगेको थियो । तर व्यपारीहरुले सटर खाली गर्न गएको टोलीलाई अवरोध गरे । सटर खाली नगरेपछि महानगरपालिका बल प्रयोग गर्ने उदेश्य सहित डि प्लट पुगेको थियो । दमकल लिएर पूर्व तयारी सहित प्रशासन पुगेपछि व्यापारीहरु फर्कीएका थिए । अन्तत एक दिन भित्र सटर खाली गर्ने समय दिएर महानगरपालिकाको टोली फर्कियो ।

तपाईको प्रतिक्रिया

greenland college
KANTIPUR

खबर पूर्वाञ्चल

खबर पूर्वाञ्चल मिडिया प्रालीद्वारा सञ्चालीत खबर पूर्वाञ्चल डट कम
सञ्चालक तथा प्रवन्धक निर्देशक – पुष्पराज थपलिया
सम्पर्क नं. ९८५२०२९८२२, ९८०७०६१९९२
Email: pushpa.biratnagar@gmail.com
सम्पादक – रमेश अधिकारी
सुचना तथा प्रसारण विभाग दर्ता नं. ०७५७/०७४/७५