RUMPUM
animated ellipse animated ellipse

शेयर वजारमा विश्वसनीय वातावरण सिर्जना गरे मात्र लगानी वृद्धि हुन्छ– मन्त्री आङवो

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२७ जेष्ठ २०७६, सोमबार १९:५७
3
Shares
फाइल तस्वीर

विराटनगर / जनताले प्रत्यक्ष लाभ लिन नेपालको पूर्जी वजार सुदृढ हुनुपर्ने प्रदेश १ का आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रहादुर आङवोले वताएका छन् ।

आज विराटनगरमा नेपाल धितोपत्र वोर्ड काठमाण्डौले आयोजना गरेको प्रदेश नं १ का पत्रकारकालागि आर्थिक तथा धितोपत्र वजार सम्वन्धी प्रशिक्षण तथा अन्तरक्रिया कार्यक्रमको उद्घाटन गर्दै मन्त्री आङवोले सो कुरा वताएका हुन् ।

मन्त्री आङवोले सार्वजनिक खरीद ऐन संशोधनवाट राष्ट्रको ढुकटीमा रहेको रकम वजारमा आउने र वैंकमा रहेको तरताको समस्या समाधान भई पूर्जी वजार सुदृढ हुने बताए । वैकले निक्षेपमा दिने व्याज वृद्धिका कारण शेयर लगानीमा समस्या उत्पन्न भएको बताउँदै मन्त्री आङवोले शेयर वजारमा विश्वसनीय वातावरण सिर्जना गरेमा लगानी वृद्धि हुने बताए ।

वर्तमान सरकार प्रत्यक्ष वैदेशिक लगानी भित्र्याउने कार्य गरिरहेको जानकारी दिदै मन्त्री आङवोले यसवाट मलुकको विकासको गतिवृद्धि भई रोजगारी सिर्जना हुनुका साथै समृद्ध कायम हुने बताए ।

धितो वोर्डका अध्यक्ष रेवतहादुर कार्कीको अध्यक्षतामा भएको उक्त कार्यक्रममा आर्थिक मामिला तथा तथा योजना मन्त्रालयका सल्लाहकार प्रा.डा. प्रमोदकुमार झा, मोरङका प्रमुख जिल्ला अधिकारी रमेशकुमार केसीलगायतले पुर्जी वजारमा सही सूचना जनतामा सम्प्रेषण भएमा जनताको लगानी शेयरमा भै पूर्जी वजार दह्रो हुने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर