RUMPUM
animated ellipse animated ellipse

साविक विजेता अस्ट्रेलिया भारतसँग ३६ रनले पराजित

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२६ जेष्ठ २०७६, आईतवार २३:३१
3
Shares

विराटनगर / इङ्ल्याण्ड तथा वेल्समा जारी आइसिसी विश्वकप क्रिकेटअन्तर्गत साविक विजेता अस्ट्रेलिया भारतसँग पराजित भएको छ ।

आज ओवलको मैदानमा भएको खेलमा भरातले अस्ट्रेलियालाई ३६ रनले पराजित गरेको हो ।
टस जितेर पहिला ब्याटिङ गरेको भारतले निर्धारत ५० ओभरमा ५ विकेट गुमाई ३ सय ५२ रनको विशाल योगफल खडा गरेको थियो ।

भारतका लागि शिखर धवनले सर्वाधिक १ सय १७ जोड्न सफल भए भने कप्तान विराट कोहिलीले ८२ रनको योगदान दि एभने रोहित शर्माले ५७ रन, हार्दिक पाण्डेले ४८ रन जोडे भने एमएस धोनीले २७ रन बनाए ।

अस्ट्रेलियाका लागि मार्कस स्टोनिसले २ विकेट लिँदा प्याट कम्युनिस, मिचेल स्टाक र नथान क्लटर निलले समान १–१ रन लिए ।

३ सय ५३ रनको विशाल लक्ष्य पछ्याएको अस्ट्रेलियाले पुरै ओभर खेल्दै सवै विकेट गुमाई ३ सय १६ रन मात्र जोड्न सक्यो । अस्ट्रेलियाका लागि स्टिभन स्मिथले ६९ रन, डेभिड वार्नरले ५६ रन, कप्तान आरोन फिन्चले ३६ बनाउँदा एलेक्स कैरी ५५ रनमा अविजित रहे । भारतका जस्प्रीत भुमराह र भुवनेश्वर कसमारले ३–३ विकेट युभेन्द्र चहले २ विकेट लिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर