पूर्वाञ्चल खबर
विराटनगर / राजनीतिक र औद्योगीक आन्दोलनको इतिहास बोकेको विराटनगर १६ स्थित विराटनगर जुटमिल क्षेत्र भित्र राजनीतिक संग्राहालय निर्माण गर्न कार्यदलले सुझाव दिएको छ ।
एक नम्बर प्रदेश सामाजिक विकास मन्त्रालयले गठन गरेको राजनीतिक सङग्राहालय स्थापना सम्भाब्यता अध्ययन टोलीले आज सामाजिक विकास मन्त्री जिवन घिमिरेलाई प्रतिबेदन बुझाउदै २००३ सालमा भएको राणा विरोधी आन्दोलनको उद्घम स्थल ऐतिहासिक विराटनगर जुटमिल क्षेत्रभित्र अत्याधुनिक सङग्राहालय बनाउन सुझाव दिएको हो ।
कार्यदलले सङग्राहालय भित्र २००३ देखि २०६२÷६३ सम्म भएको राजनीतिक आन्दोलनका नेतृत्व मनमोहन अधिकारी, गिरिजाप्रसाद कोइरालाको शालिक, शहिदको शालिक,आन्दोलनमा प्रयोग भएका सामाग्री, तस्विरलगायत ऐतिहासिक बस्तुहरु खोजेर संग्रह गर्नु पर्ने, प्रदेश एकको भौगोलीक अवस्थीति झल्कने नक्सा हुनु पर्ने, धनकुटाको छिन्ताङ हत्या काण्ड झल्कने सामाग्री, विराटनगर मिल्स एरियामा मिल संचालन भएको अवस्था झल्कने सामाग्री संग्राहालयमा राख्न सुझाव दिएको कार्य दलका सदस्य यज्ञ शर्माले बताए । यसैगरी संग्राहालय भित्र पार्क, वाटर पार्क, पार्किङ, चमेना गृह, खेल मैदान, अनुसन्धान केन्द्र, अस्पताल, भ्युटावर, मन्दीर, कोशेली घर हुनु पर्ने सुझाव दिएको छ ।
कार्यदलका अध्यक्ष ओमनाथ कोइरालाले विराटनगरको विभिन्न आन्दोलनमा प्रयोग गरीएका तोप, प्लेन, जेलमा प्रयोग गरीएका नेल, हत्कडी, ठिङ् गुरो , तुरुङ, ट्रयाङकलगायतका सामाग्री काठमाण्डौ सुन्दरी जलमा राखिएकोले यहा ल्याउनु पर्ने बताए । उनले विराटनगर जुट मिल क्षेत्र ६५ विगाहा रहेकोले त्यसको ३० विगाहा प्रदेश सरकारले संघिय सरकारसंग माग गरेर संग्राहालय बनाउन सक्ने र त्यो बनाउन समय लाग्ने भएकोले घर भाडामा लिएर सामाग्री संकलन, आन्दोलनमा सहभागि योद्धा जो अहिले पनि जिवित हुनुहुन्छ उनीहरुको अनुभब संग्रह गर्नेलगायत काम शुरु गरिहाल्न सुझाव दिए । उनले सङग्राहालय दिगो बनाइराख्न सङग्राहालय विकास कोष संचालन गर्न सक्ने सुझाव दिएको छ ।
प्रतिबेदन बुझ्दै सामाजिक विकास मन्त्री जिवन घिमिरेले औद्योगिक र राजनीतिक उद्गमस्थल भुमि मिल्स एरिया भएकोले यसको संरक्षण र सम्बर्धन र सम्मानका लागि त्यहा सङग्राहालय बनाएर इतिहास बुझ्न आउने थलोको रुपमा विकास गरिने बताए ।