AArya
RUMPUM
animated ellipse animated ellipse

ग्रेडेड स्कूलमा हिज्जे प्रतियोगिता सम्पन्न

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२५ जेष्ठ २०७६, शनिबार १९:४६
3
Shares

विराटनगर / विराटनगरस्थित ग्रेडेड बोर्डिङ स्कूलमा हिज्जे प्रतियोगिता आयोजना गरिएको छ ।

विद्यार्थीहरूमा भएको प्रतिभा उजागर गर्ने उद्देश्यले स्कूल परिसरमा हिज्जे प्रतियोगिता आयोजना गरिएको हो ।

स्कूलले सिनिय र जुनिय विद्यर्थाीहरू बिच हिज्जे प्रतियोगिता आयोजना गरेको थियो । सिनियरतर्फको प्रथम सफायर हाउस भयो । प्रथम हुनेमा राहुल साह, स्नेहा दाहाल, दोरिक मण्डल र सुप्रिम बस्नेतको समूह रहेको थियो । द्धितीय ग्रिन हाउस भयो । जसमा स्नेहा कर्ण, सुरज खतिवडा, रितु मण्डलको समूह रहेको थियो ।

त्यस्तै जुनितर्फ पनि सफायर हाउस नै भयो । उक्त हाउसमा रुदिता शिवभक्ति, इसान्त यादव, सपनाकुमारी मेहता रहेकी थिइन् । दोस्रो ग्रिन हाउस भयो । सो हाउसमा सुमन कामत, अभय मण्डल, प्रियंका चौधरी र राजु मण्डल रहेका थिए ।

विजयी हुने विद्यार्थीहरूलाई पुरस्कार स्कुलका प्रिन्सिपल प्रेमलालसिंह सुवालले वितरण गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर