AArya
RUMPUM
animated ellipse animated ellipse

कैलाली र कञ्चनपुरमा आएको हावाहुरीबाट २ को मृत्यु

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२४ जेष्ठ २०७६, शुक्रबार ०७:५३
3
Shares

कैलाली / कैलाली र कञ्चनपुरमा बिहीबार राति आएको भीषण हावाहुरीमा परेर ज्यान गुमाउनेको संख्या २ पुगेको छ भने १ सय भन्दा बढी घाइते भएका छन् ।

मृत्यु हुनेमा टिकापुर नगरपालिका–२ मा पोल्टी फार्मको पर्खाल भत्किँदा लहानु दोगौंराको मृत्यु भएको र हावाहुरीका कारण कैलालीको गोदावरीमा मोटरसाइकल र टिपर ठोकिदाँ अर्का एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मोटरसाइकल चालक गोदावरी–८ जमुना भाडी माझगाउँका वीरबहादुर चौधरीको ज्यान गएको कैलाली प्रहरीका प्रमुख सुदीप गिरीले जानकारी दिए ।

हावाहुरीका कारण विद्युत टेलिफोन सेवा अवरुद्ध छ भने क्षतिको विवरण संकलन भइरहेको प्रहरीले जनाएको छ । स्थानीय घाइते हुनुका साथै केही सवारी साधन समेत हावाले उडाएको छ ।

हावाहुरीले दुवै जिल्लामा जनजीवन प्रभावित

विहिबार राती आएको हावाहुरीले दुवै जिल्लाका भौतिक संरचनामा क्षति र्पुयाएको छ । जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार, सयौंको संख्यामा रुखहरु ढलेका छन् भने घरका टिनका छाना उडाएका छन् ।
सडकमा रुख ढल्दा कैलालीका विभिन्न स्थानको सवारी आवागमनसमेत प्रभावित भएको छ । यद्यपि, यसलाई हटाएर सवारी सञ्चालनमा ल्याउने प्रयास भइरहेको कैलाली प्रहरीले जनाएको छ ।

हावाहुरीले कैलालीमा विद्युतका पोलसमेत ढल्दा जिल्लाका अधिकांश स्थानमा विद्युत सेवा बन्द भएको छ । कञ्चनपुरमा पनि हुरीले भौतिक संरचनामा क्षति र्पुयाएको छ । क्षतिको यकिन विवरण प्राप्त नभए पनि कैयन स्थानबाट घरको छाना उडाएको, रुख भाँचिएको तथा बिजुलीको पोल ढलेको कञ्चनपुर प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर