पूर्वाञ्चल खबर
विराटनगर / नेपाल पत्रकार महासङघ मोरङले आज विराटनगरमा आयोजित मिडिया काउन्सिल विधेयक सहित प्रेस स्वतनत्रता विरोधी कानून विरुद्ध ‘ वृहत अन्तरक्रिया’ कार्यक्रमा वक्ताहरुले अन्तर्राष्ट्रिय परम्परा अनुसारको मिडिया विधेयक ल्याउन सुझाव दिएका छन् ।
सञ्चारकर्मीलाई वाँध्ने गरी ल्याउन लागिएका कानून सच्चाउनु पर्ने अन्तरक्रियामा सहभागीहरुले सुझाव दिएका छन् । उनीहरुले संघीय लोकतान्त्रिक गणतन्त्र स्थापनामा महत्वपूर्ण भूमिका निभाएका सञ्चारकर्मीहरुलाई स्वतन्त्र रुपमा कार्य गर्न अधिकार दिनु पर्नेमा जोड दिएका छन् ।
नेपाल कम्यूष्टि पार्टी( नेकपा)का केन्द्रीय सदस्य महेश रेग्मीले सरकारले चौथो अङगको भावना वुझि त्यसको विधेयक सुक्ष्म अध्ययन गरी सच्चाउने प्रतिवद्धता जनाए ।
नेपाली कांग्रेसका प्रदेश सचेतक केदार कार्कीले सुनियोजित रुपमा ल्याउन लागिएको विधेयक अविलम्व फिर्ता हुनु पर्ने वताए ।
संघीय समाजवादी फोरम प्रदेश संसदीय दलका नेता जयराज यादवले महासंघको आन्दोलनप्रति समर्थन जनाउदै पत्रकारहरुले सम्मानित भएर स्वतन्त्र रुपमा कार्य गर्न पाउनु पर्नेमा जोड दिए ।
महासंघका प्रदेश महासचिव विवेक गौतम, मोरङ अध्यक्ष बन्धु पोखरेल, वार मोरङका अध्यक्ष पुनम गुप्ता, प्रजातान्त्रिक लयर्स मोरङका अध्यक्ष रुपेश कोइराला, मजदूर नेता तेजलाल कर्ण, कमलेश कर्ण महिला अधिवक्ताहरु सन्जु साह, निरु भगत, नेकपाका रुपेश खतिवडा र उत्तम ढुंगेलले ‘प्रेस मैत्री’ विधेयक ल्याउनु पर्नेमा जोड दिए ।