RUMPUM
animated ellipse animated ellipse

पार्टी एकीकरण इमान्दारीका साथ कार्यान्वयन गर्छौ– अध्यक्ष प्रचण्ड

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

१८ जेष्ठ २०७६, शनिबार १५:३१
3
Shares
विराटनगर / पार्टी एकिकरण इमान्दारीका साथ कार्यान्वयन गरिने नेपाल कम्यूनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले बताए ।

अध्यक्ष प्रचण्डले आज विराटनगर विमानस्थलमा संचारकर्मीहरुसंग कुरा गर्दै पार्टी एकताको समयमा भएको समझदारीलाई अनावश्यक उचाल्न नहुने बताए ।

पूर्व प्रधानमन्त्रीसमेत रहेको अध्यक्ष प्रचण्डले पार्टीलाई एक ढिक्का र सुदृढ बनाउने कार्यमा दुबै अध्यक्ष लागिरहेको वताउँदै नेता, कार्यकर्ता, शुभेच्छुक र जनतामा अनावश्यक रुपमा विभाजित नहुन आग्रह समेत गरे । पार्टी एकता सैद्धान्तिक व्यवहारिक भएको वताउँदै अध्यक्ष प्रचण्डले यसवाट पार्टी अझ सुदृढ हुने विश्वास व्यत्त गरे ।

उनले दुई अध्यक्ष वीच भएको समझदारी कुनै नयाँ कुरा भएको वताउँदै र यो पहिलो पटक आफूले भनेको पनि होइन ,त्यसैले यस विषयलाई अतिरंजित नवनाउन सञ्चारकर्मीहसंग आग्रह गरे ।

विगतमा भएको नाकाबन्दीबाट दक्षिण छिमेकीले नाकाबन्दीवाट शिक्षा लिईसकेको अवस्थामा नेपालले सतर्कता अपनाएकोले विदेश मन्त्री परिवर्तनले नेपाल भारत सम्बन्धमा कुनै तात्विक असर नपर्ने अध्यक्ष प्रचण्डले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

फोटो फिचर