RUMPUM
animated ellipse animated ellipse

विश्वकप क्रिकेटमा पाकिस्तानले खराव शुरुवात, १ सय ५ रनमा अलआउट

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

१७ जेष्ठ २०७६, शुक्रबार १७:२०
3
Shares
विराटनगर / विश्वकप क्रिकेटमा पाकिस्तानले खराव शुरुवात गरेको छ । आज भएको विश्वकप क्रिकेटको दोस्रो खेलमा वेस्ट इन्डिजविरुद्ध ब्याटिङ गरेको पाकिस्तान १ सय ५ रनमा अलआउट भएको छ ।

टस हारेर ब्याटिङको निम्तो पाएको पाकिस्तान वेस्ट इन्डिजको घातक बलिङसामु २१ द्यशमलव ४ बलमा अलआउट भएको हो ।

पाकिस्तानकालागि फकर जमान २२ रन र बाबर आजम २२ रन बनाउँदा नवौँ क्रममा ब्याटिङमा आएका वाहव रियाजले १८ रन बनाए । त्यस्तै हरिस सोहिल ८ रन , कप्तान सर्फराज अहमद ८ रन , मोहम्मद अफिज १६ रन , इमाद वासिम १ रन र हसन अलि १ रनमा आउट भए ।

वेस्ट इन्डिजका ओशेन थोमसले ४ विकेट लिँदा क्प्तान ज्यासन होल्डरले ३ विकेट , एन्ड्रे रसेलले २ विकेट र सेल्डन कोटरेलले १ विकेट लिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

फोटो फिचर