पूर्वाञ्चल खबर
इटहरी / एक्सपर्ट एजुकेशन इटहरीले जेठ २० गते इटहरीमा बृहत् अष्ट्रेलियन एजुकेशन सेमिनार गर्ने भएको छ ।
होटल बरण्डाको सेमिनार हलमा बिहान ११ बजेदेखि साँझ ५ बजे सम्म सेमिनार गर्न लागेको एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिस इटहरीका निर्देशक भवकृष्ण तिम्सिनाले जानकारी दिए ।
निशुल्क रुपमा अष्ट्रेलियन एजुकेशनसम्बन्धि सम्पूर्ण जानकरी दिने उद्धेश्यले सेमिनारको आयोजना गर्न लागिएको तिम्सिनाले बताए ।
सेमिनारमा आयोजक संस्थाका परामर्शदातासंगै झण्डै एक दर्जन कलेजहरुको सहभागिता रहनेछ । जसमा चाल्स स्टर्ड यूनिभरसिटि, भिक्टोरिया यूनिभरसिटि, यूनिभरसिटि अफ साउदर्न क्युनसलेण्ड, टोरेन्स यूनिभरसिटि, फिलिण्डर इन्टरनेशनल स्टडि सेन्टर, एजुकेशन सेन्टर अष्ट्रेलिया, साउदन क्रस युनिभरसिटि, होम्स इन्टिच्युट, कप्लान विजनेश स्कूल, ब्राइटन कलेज, फेडरेसन यूनिभरसिटि क्युनसलेण्ड इन्टरनेशनल विजनेश एकडेमि (क्यु आइ बिए), अष्ट्रेलिएन स्किल मेनेजमेन्ट कलेजलगायत छन् ।
यी कलेजका प्रतिनिधिहरुसँग प्रत्यक्ष रुपमा भेटेर आफुले अध्ययन गर्न चाहेको विषय तथा सम्बन्धित शैक्षिक संस्थाको बारेमा विस्तृत जानकारी लिन सकिने तिम्सिनाले जानकारी दिए ।
एक्पर्ट एजुकेशनले विद्यार्थीहरुलाई अष्ट्रेलिया पुगेर कुनै पनि समस्या वा अन्योल नहोस् भनेर यस्ता सेमिनारहरु गर्ने गरेको छ । अष्ट्रेलियालाई केन्द्रित गरेर सेवा प्रदान गरिरहेको एक्सपर्टमार्फत् हजारौ विद्यार्थीहरु अष्ट्रेलिया पुगिसकेका छन् ।