पूर्वाञ्चल खबर
विराटनगर / प्राकृतिक श्रोतको प्रयोग मानवजातिको हितमा प्रयोग गर्नुपर्ने प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले बताएका छन् ।
प्राकृतिक श्रोतको रोयल्टी बाँडफाँट सम्वन्धी आज विराटनगरमा आयोजित छलफल कार्यक्रममा उनले सो कुरा बताएका हुन् ।
प्राकृतिक श्रोतको उपभोगवाट हुने प्रभाव, असर र यसले सम्पूर्ण मानवजातिमा भविष्यमा पार्ने दुश्प्रभावलाई ध्यान दिई उपयोग गर्न सुझाव मुख्यमन्त्री राईले दिए । उनले श्रोतवाट प्राप्त रोयल्टीको समुचित खर्चका लागि स्थानीय निकायको क्षमताको विकास गरी राष्ट्र निर्माणको एउटै लक्ष्यले कार्य गर्नुपर्नेमा जोड दिए ।
प्राकृतिक श्रोतको कसरी उपयोग गर्ने भन्ने मुख्य चुनौति विद्यमान रहेको चर्चा गर्दै मुख्यमन्त्री राईले आवश्यक कानून निर्माण गरी तीन निकायको समन्वयमा यसको प्रयोग गर्र्नु पर्ने आवश्यक्ता रहेका बताए ।
प्रदेशका योजना आयोगका उपाध्यक्ष सुवोधराज प्याकुरेलले ठूलो लगानीको निजी सार्वजनिक लगानीको कम्पनीमार्फत वातावरण क्षति न्यूनियनकरण ध्यानमा राखि खानी व्यवस्थापन गर्नुपर्नेमा जोड दिए ।
प्राकृतिक क्षेत्रको दोहनमा राजश्व मात्र नहरी यसले पु¥याउने क्षतिका विषयमा ध्यान दिनु पर्ने वताउँदै विराटनगर महानगरपालिका प्रमुख भीम पराजुलीले विद्युतको रोयल्टी समेत स्थानीय निकायले पाउनु पर्ने माग समेत गरे ।