पूर्वाञ्चल खबर
केशव न्यौपाने
रंगेली / मोरङको सुनबर्षी २ अमरदहमा जारि तेस्रो अमरदह ढल्के जोवन गोल्ड कप फुटबलको उपाधि इटहरी भेट्रान क्लबले उचालेको छ ।
अमरदह ढल्के जोवन यूवा क्लबको आयोजनामा अमरदहको विरेन्द्र सार्वजनिक माविको खेलमैदान आज भएको फाइनल खेलमा झापाको दमकलार्इ ० १ को गोल अन्तरले पराजित गर्दै इटहरीले उपाधी चुमेको हो ।
इटहरीका जितमा तिर्थ बस्नेतले खेलको २५ औं मिनटमा गोल गरेका थिए । उपाधीसगै इटहरीले २ लाख ११ हजार नगद शिल्ड मेडल पाए भने उपविजेता दमकले १ लाख ५१ हजार र शिल्ड मेडल पाएको छ ।
फाइनल खेलको म्यान अफ द फाइनल इटहरीका राम चौधरी भए ।खेलको हाइस्कोरर ५ गोल गर्दै इटहरिका लिला थापा मगर, भए भने प्रतियोगिताको उत्कृष्ट खेलाडी इटहरीका कप्तान निर्मल तामाङ र अनुशासित टिम आयोजक क घोषित भयो ।
विजेता तथा उपविजेता टिमलाई काङ्ग्रेस का महामन्त्री शशाक कोइरालाले पुरस्कार तथा मेडल वितरण गरे।