CLASSICTECH NET

ज्येष्ठ नागरिकको स्वास्थ्य परीक्षण

खबर पूर्वाञ्चल, ३० बैशाख २०७६, सोमबार १७:५८

विराटनगर / विराटनगर–११ स्थित सहयोगका लागि युवा समाजले ज्येष्ठ नागरिकहरूका लागि निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ ।

ज्येष्ठ नागरिक वडा समितिको कार्यालयमा आयोजित कार्यक्रममा स्थानीय चार दर्जनभन्दा बढी ज्येष्ठ नागरिकको स्वास्थ्य परीक्षण गरिएको थियो । मे मेजरमेन्ट मन्थको प्राविधिक सहयोगमा आयोजित कार्यक्रममा प्रेसर र सुगरको परीक्षण गरिएको थियो । कार्यक्रममा ज्येष्ठ नागरिक वडा समितिका अध्यक्ष ललित श्रेष्ठलाई समाजकी सदस्य सर्मिष्टा खनालले स्वास्थ्य चेकजाँच गर्ने विभिन्न मेसिनसमेत प्रदान गरेकी थिइन् ।

समारोहमा वडा नम्बर ११ का वडाध्यक्ष तीर्थेन्द्र न्यौपाने, मे मेजरमेन्ट मन्थ प्रदेश नम्बर १ का संयोजक डा. सूर्य पराजुली, ज्येष्ठ नागरिक महेश्वर बस्नेत, आयोजक समितिका सुनिल आचार्य, रामखेलन मेहतालगायतलले समय–समयमा प्रेसर र सुगर परीक्षण गरे विभिन्न रोगबाट बच्न सकिने बताए । अबदेखि हरेक महिनाको अन्तिम शनिबार ज्येष्ठ नागरिकहरूको स्वास्थ्य परीक्षण गरिने समाजको स्थापनाकालदेखि नै सक्रिय केशु काफ्लेले जानकारी दिइन् ।

नै महिनाअघि स्थापित समाजले विभिन्न सामाजिक कार्य गर्दै आएको छ । सुरुका दिनमा सुनसरीको सीतागञ्जस्थित रामसीता विद्यालयबाट २०५४ सालमा एसएलसी दिएका विद्यार्थी मात्रै आबद्ध भए पनि पछिल्लो समय समाजका सबै क्षेत्रका युवालाई समाजभित्र अटाउने काम भइरहेको काफ्लेले जानकारी दिइन् ।

तपाईको प्रतिक्रिया

खबर पूर्वाञ्चल

खबर पूर्वाञ्चल मिडिया प्रालीद्वारा सञ्चालीत खबर पूर्वाञ्चल डट कम
सञ्चालक तथा प्रवन्धक निर्देशक – पुष्पराज थपलिया
सम्पर्क नं. ९८५२०२९८२२, ९८०७०६१९९२
Email: pushpa.biratnagar@gmail.com
सम्पादक – डिल्ली पोखरेल
सुचना तथा प्रसारण विभाग दर्ता नं. ०७५७/०७४/७५