CLASSICTECH NET

समयमा महाधिवेशन नभए पार्टी कमजोड हुन्छ : नेता पौडेलले

खबर पूर्वाञ्चल, ३० बैशाख २०७६, सोमबार १७:५४

विराटनगर / नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले, पार्टीलाई संगठित वनाउँन कांग्रेसपार्टीमा परिवर्तन आवश्यक रहेको वताएका छन् । उनले जनताले पत्याउने खालको पार्टी वनाउनुुपर्नेमा जोड दिए ।

नेपाल महिलासंघको दुुई दिने प्रशिक्षण कार्यक्रमको आज विराटनगरमा उद्घाटन कार्यक्रममा बोल्दै नेता पौडेलले कांग्रेस प्रती जनताको विश्वास जोडिएकाले पार्टीलाई समय सापेक्ष वनाउनुु पर्ने वताए । उनले काग्रेसको महाधिवेशन समयमा हुुनुुपर्ने समेत वताए । समयमा महाधिवेशन नभए पार्टी कमजोड हुुने भन्दै तोकिएको मितिमा महाधिवेशन हुुनुु पर्ने वताए । नेता पौडेलले कुुनैपनि अवस्थामा महाधिवेशनको मिति सार्न नहुुने वताए ।

पार्टीभित्रको अन्तरद्धन्दका कारण गत निर्वाचनमा कांग्रेसले पराजय भोग्नुु परेकाले समयमा पार्टीको महाधिवेशन गरेर कांग्रेसलाई वलियो वनाउनुुपर्ने नेता पौडेलले वताए ।

नेपाली कांग्रेसका महामन्त्री डा.संशाक कोइरालाले महिलाहरुले आफनो हक अधिकारका लागी संगठित हुुनुुपर्नेमा जोड दिए । पार्टीभित्र हरेक तहका महिलाहरुलाई ५० प्रतिशत आरक्षण हुुनुुपर्ने उनले वताए ।

नेपाली कांग्रेसका केन्द्रीय सदस्य कृष्ण सिटौला, नेतृत्वको अन्तरकलह र लुुछाचुुडिले पार्टीलाई कमजोड वनाइरहेकाले यस्को उचित व्यवस्थापन हुुनुुपर्ने वताए । कांग्रेसभित्र विश्वासको संकट रहेको भन्दै नेतृत्वतहले आफुुलाई सच्याउनुुपर्ने उनको भनाई थियो ।

कांग्रेस केन्द्रीय सदस्य रामशरण महतले कांग्रेस महासमितिले गरेको निर्णयलाई केन्द्रीय समितिले उल्टाउन नमिल्ने वताए । कांग्रेस केन्द्रीय सदस्य महेश आचायले संवैधानिक अंगमा सरकारले हस्तक्षेप गरेको वताए ।

केन्द्रीय सदस्य डा. शेखर कोइरालाले पार्टीको विधान विपरित कांग्रेस नेतृत्वले अलोकतान्त्री काम गरेकै कारण कारण पार्टीले या अवस्था भोग्नु परेको वताए । केन्द्रीय सदस्य डो मिनेन्द्र रिजालले सरकार लोकतान्त्रिक मुुल्य मान्यतालाई विर्सेर अघि वढेकाले काग्रेसले त्यसलाई सहि ट्रयाकमा ल्याउने वताए ।

कार्यक्रममा कांग्रेस केन्द्रीय सदस्य रामकृष्ण यादव, गुुरुराज घिमिरे, हसन अन्सारीलगायतले पार्टी एकतमा जोड दिए । कार्यक्रम दुुई दिनसम्म चल्ने छ ।

नेपाल महिलासंघ मोरङ सभापति शान्ता पौडेलको सभापत्विमा भएको कार्यक्रममा पुूर्व मन्त्री कमला पन्त , काठमाण्डौ महानगरपालिका उपप्रमुुख हरिप्रभा खडगी, महिलासंघ झापाकी सभापती सुुशिला ढकाल, सुुनसरीकी सभापति विजया कटुुवाल, सखुुसभाकी सभापती निरु वस्नेत, महिलासंघकी सचिव प्रमिला थापाले पार्टीमा महिला सहभागिता जोड दिइन् ।

तपाईको प्रतिक्रिया

खबर पूर्वाञ्चल

खबर पूर्वाञ्चल मिडिया प्रालीद्वारा सञ्चालीत खबर पूर्वाञ्चल डट कम
सञ्चालक तथा प्रवन्धक निर्देशक – पुष्पराज थपलिया
सम्पर्क नं. ९८५२०२९८२२, ९८०७०६१९९२
Email: pushpa.biratnagar@gmail.com
सम्पादक – डिल्ली पोखरेल
सुचना तथा प्रसारण विभाग दर्ता नं. ०७५७/०७४/७५