RUMPUM
animated ellipse animated ellipse

मुम्बईलाई चौथो पटक आईपीएलको उपाधि, चेन्नाई एक रनले पराजित

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

३० बैशाख २०७६, सोमबार ०४:५९
3
Shares

विराटनगर / इन्डियन प्रिमियर लिग आइपिएल सिजन १२ संस्करणको उपाधि च्याम्पियन मुम्बई इन्डियन्स हात पारेकोे छ । गए राति हैदरावादस्थित राजीव गान्धी अन्तर्रा्ष्ट्रिय स्टेडियममा भएको भएको फाइनल खेलमा साविक वितेता चेन्नाई सुपर किंग्सलाई १ रनले स्तब्ध पार्दै मुम्बईले चौथो पटक आईपीएलको उपाधि उचालेको सफल भएको हो ।

निक्कै रोमाञ्चक खेलको निर्णय अन्तिम बलमा भएको थियो । मुम्बईले दिएको १ सय ५० रनको लक्ष्य पछ्याएको पुरै २० ओभर खेल्दै चेन्नई १ सय ४८ रनमात्र बनाउँन सक्यो । चेन्नईलागि सेन वाट्सनले ८० रन, फाप डू प्लेसिसले २६ रन र डिजे ब्राभोले १५ रन बनाउनुका अलवा अन्य खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेनन् । मुम्बईका लागि जसप्रित बुमराहले २ विकेट, लाथिस मालिंगा, राहुल चहर र कुणाल पाण्ड्याले समान १–१ विकेट लिएका थिए ।

यस अघि टस जितेर पहिले ब्याटिङ गरेको मुम्बई इन्डियन्सले निर्धारित २० ओभरमा ८ विकेट गुमाई १ सय ४९ रनको मध्यम स्कोर खाडा गरेको थियो । मुम्बईकालागि किरोन पोलार्डले नटआउट ४१ रन बनाउँदा क्विन्टन डी काँकले २९ रन बनाएर आउट भएका थिए । त्यस्तै इशान किसनले २३ रन बनाएका थिए । चेन्नईका दीपक चहरले ३ विकेट , शार्दुल ठाकुर र इमरान ताहिरले समान २–२ विकेट लिएका थिए । फाइनल खेलको म्यान अफ द फाइनल मुम्बईका जसप्रित बुमराह घोषित भए भने म्यान अफ द सिरिज कोलकताका आन्द्रे रसेल भए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर