CLASSICTECH NET

६ करोडको लागतमा विराटनगरमा दिव्य ज्योती अस्पताल सञ्चालनमा

खबर पूर्वाञ्चल, २८ बैशाख २०७६, शनिबार २२:०५

विराटनगर / विराटनगर–१४ मलाय रोडमा दिव्यज्योति अस्पतालआजदेखि सेवा शुरु गरेको छ । करिब ६ करोडको लागतमा शुरु भएको अस्पतालको संघीय सांसद शिवकुमार मण्डलले उद्घाटन गरेका थिए ।

न्यूनतम शुल्कमा दक्षजनशक्तिद्वारा उच्चस्तरीय स्वास्थ्य सेवा उपलव्ध गराउने उद्देश्यले स्थापित अस्पतालले मोरङ जिल्ला सहित सीमावर्ती भारतीय शहरीका विरामीहरुले सहज उपचार पाउने विश्वास लिएको छ ।

उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै मण्डलले वर्तमान सरकारले शिक्षा र स्वास्थ्य दायित्व लिने वताउँदै विद्यार्थीहरुले विदेश अध्ययन गर्न जाँदा रकम कमाउने उद्देश्यले हैन त्यहाँको प्रविधि ल्याउनमा विशेष ध्यान दिन आग्रह गरे ।

प्रदेश सदस्य जयराम यादवले अस्पतालले विरामीहरुलाई ठगी हिसावले हैन सेवा भावले राम्रो र कम शुल्कमा सहज रुपमा उपचार सेवा दिन पर्नेमा जोड दिए ।

कार्यक्रममा डा. एनएन झा, विराटनगर –१४ का अध्यक्ष वलदेव यादव लगायतले अस्पताल स्थापनाले यस क्षेत्रका जनतालाई सहज रुपमा स्वास्थ्य सेवा उपलव्ध हुने विश्वास व्यक्त गरे ।

अस्पतालले दक्ष चिकित्सकद्वारा २४ घण्टे आपतकालीन सेवा, दैनिक वहिरिङ , स्त्री रोग तथा प्रसुति ,नवजात शिश तथा बाल रोग, आँखा जाँच तथा शल्यक्रिया, हाडजोर्नी तथा नशा रोग, मृगौला प्रोस्टेट, मुत्रनली, मुत्रथैली र मुत्ररोग सम्वन्धीको व्यावस्था गरेको छ । त्यसैगरी नाक,कान,घाँटी, दाँत, मुख सम्वन्धी, ईसीजी, डिजिटल एक्से, अल्ट्रसाउण्ड,स्वचालित ल्याव फार्मेसीलगायतका सेवा उपलव्ध गराउन अस्पतालका निर्देशक पुष्पविक्रम वस्तेलले जानकारी दिए ।

अस्पतालमा कम्लेश कर्ण, राम सेवक साह, विन्देश्वर महत, डा. शोभीत पौडेललगायतको लगानी रहेको छ ।

तपाईको प्रतिक्रिया

खबर पूर्वाञ्चल

खबर पूर्वाञ्चल मिडिया प्रालीद्वारा सञ्चालीत खबर पूर्वाञ्चल डट कम
सञ्चालक तथा प्रवन्धक निर्देशक – पुष्पराज थपलिया
सम्पर्क नं. ९८५२०२९८२२, ९८०७०६१९९२
Email: pushpa.biratnagar@gmail.com
सम्पादक – डिल्ली पोखरेल
सुचना तथा प्रसारण विभाग दर्ता नं. ०७५७/०७४/७५