CLASSICTECH NET

उपप्रमुखहरु भन्छन्, न्यायसम्पादन थपप्रभावकारी बनाउन आवश्यक छ

खबर पूर्वाञ्चल, २८ बैशाख २०७६, शनिबार १९:२६

विराटनगर / न्याय सम्पादनमा पर्ने जटिलता र सेवाग्राहीलाई दिने सेवालाई थप प्रभावकारी वनाउन आवश्यक रहेको स्थानीयतहका उपप्रमुखहरुले बताएका छन् ।

विराटनगर महानगरको न्यायीक समितिद्धारा आज विराटनगरमा आयोजित उपप्रमुख तथा उपाध्यक्षहरुको काम कर्तब्य र अधिकारका विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उनीहरुले यस्तो बताएका हुन् ।
सेवाप्रबाह गर्दा आएका जटिलता आदानप्रदान गर्ने उदेश्यका साथ आयोजित कार्यक्रममा मोरङ,सुनसरीका विभिन्न गाउपालिका ,नगरपालिका र उपमहानगरपालिकाका उपप्रमुखहरुको सहभागिता रहेको थियो ।

कार्यक्रममा बोल्दै विराटनगर महानगरकी उपप्रमुख इन्दिरा कार्कीले कतिपय बाझिएका ऐन र व्यवस्थाका कारण न्याय सम्पादनमा कठिनाई भएको बताइन् । विराटनगर महानगरको न्यायीक समितिमा आएका धेरैजसो मुद्धाहरु मेलमिलापको नीति अख्तियार गरेर मिलाएको र कतिपय मिल्ने क्रममा रहेको जानकारी दिइन । समाजमा शान्ति कायम गर्न जनप्रतिनिधिको हैसियतले गर्नपर्ने अधितम कार्यहरु आफुहरुले गर्नुपर्नेमा कार्कीले जोड दिइन ।

इनरुवा नगरपालिका उपप्रमुख जमुनादेवी गौतम पोखरेलले महिला हिंसाका घटनाहरु न्यायीक समितिमा धेरै आउने गरेको बताइन् । उर्लावारी नगरपालिका उपप्रमुख लक्ष्मीदेवी भण्डारीले न्याय सम्पादन र अन्य प्रशासनिक काममा प्रमुखहरुको हस्तक्षेप हुने गरेको गुनासो गरिन् । जनमत पाएर पनि सहजरुपमा काम गर्ने बातावरण उपप्रमुखहरुलाई नभएको गुनासो गरिन् । उपप्रमुखहरुले कार्यक्रममा न्याय सम्पादनका विभिन्न विषयवस्तु उठान समेत गरेका थिए ।

सहभागीहरुलाई अधिवक्ता डिल्ली कार्कीले प्रशिक्षण समेत दिए । कार्यक्रममा विराटनगर महानगरका न्यायीक समितिका सदस्य द्धय तिर्थेन्द्र न्यौपाने र विनोद बस्नेतले समेत सहजीकरण गरेका थिए ।

तपाईको प्रतिक्रिया

खबर पूर्वाञ्चल

खबर पूर्वाञ्चल मिडिया प्रालीद्वारा सञ्चालीत खबर पूर्वाञ्चल डट कम
सञ्चालक तथा प्रवन्धक निर्देशक – पुष्पराज थपलिया
सम्पर्क नं. ९८५२०२९८२२, ९८०७०६१९९२
Email: pushpa.biratnagar@gmail.com
सम्पादक – डिल्ली पोखरेल
सुचना तथा प्रसारण विभाग दर्ता नं. ०७५७/०७४/७५