मेरिल्याण्डमा कक्षा १२ को विद्यार्थीलाई विदाई

खबर पूर्वाञ्चल, २७ बैशाख २०७६, शुक्रबार १७:४९

विराटनगर / विराटनगर – ७ मा रहेको मेरिल्याण्ड कलेजले कक्षा १२ का विद्यार्थीहरुलाई विराटनगरमा एक कार्यक्रम आयोजना गरी विदाई गरेको छ ।
कलेजमा अध्ययनरत व्यवस्थापन संकायका १६ औं ब्याचका ८ सय १३ जना विद्यार्थीहरुलाई मायाको चिनो प्रदानगरी कलेजले विदाई गरेको हो ।

कार्यक्रमा विद्यार्थीहरुले बिभिन्न मनोरंजनात्मक प्रस्तुती दिएका थिए । कार्यक्रमा विद्यार्थी भैभव नाहाटा, इसीका नेपाल र मुकुन्द दाहालले कलेजमा २ बर्ष विताएका खुशीका क्षणहरु र कलेजले प्रदान गरेको उत्कृष्ट शैक्षिक वातावरणको खुलेर प्रशंशा गरेका थिए ।

कार्यक्रमा मेरिल्याण्ड कलेजका उपाध्यक्ष प्रा.डा. प्रमोदकुमार झा, भेषराज पोखरेल र कलेजका प्रिन्सिपल लक्ष्मण ढकालले विद्यार्थीहरुलाई २०७४ सालमा नेपाल दोस्रो र २०७५ सालमा नेपाल प्रथम भएको र अव उपलब्धीलाई जोगाइ राख्न कलेजले अत्याधुनिक प्रविधि मार्फत पठनपाठन गर्ने कुरा जानकारी गराए । कार्यक्रम कलेजका अध्यक्ष गुणराज ढुङ्गेलको अध्यक्षतामा भएको थियो ।

तपाईको प्रतिक्रिया

greenland college
KANTIPUR

खबर पूर्वाञ्चल

खबर पूर्वाञ्चल मिडिया प्रालीद्वारा सञ्चालीत खबर पूर्वाञ्चल डट कम
सञ्चालक तथा प्रवन्धक निर्देशक – पुष्पराज थपलिया
सम्पर्क नं. ९८५२०२९८२२, ९८०७०६१९९२
Email: pushpa.biratnagar@gmail.com
सम्पादक – रमेश अधिकारी
सुचना तथा प्रसारण विभाग दर्ता नं. ०७५७/०७४/७५