CLASSICTECH NET

पत्रकार लुइटेलसहित तीन सम्मानित

खबर पूर्वाञ्चल, २७ बैशाख २०७६, शुक्रबार १६:१८

विराटनगर / नेपाल पत्रकार महासंघ प्रदेश नम्बर १ का अध्यक्ष विक्रम लुइटेलसहित तीन तीनजनाआई आर्दश टोल शिशुपथ समाज विराटनगर ५ ले आज विराटनगरमा सम्मान गरेको छ ।

लुइटेलसहित लायन्स क्लब डिष्ट्रिक ३२५ ए वानको गर्भनरमा निर्वाचित राजन खत्री, र पूर्वाञ्चल विश्वविद्यालयका चिकित्सा शास्त्र संकायका डिन डाक्टर शैलेशमणी पोखरेललाई सम्मानित भएका हुन् । उनीहरुले सामाजिक, प्राज्ञिक र पत्रकारीता क्षेत्रमा विशिष्ट योगदान पु¥याउनेबाट सम्मानित गरिएको आयोजकले जनाएको छ ।

स्थानीय ९२ वर्षीया जेष्ठनागरीक रुक्मिणी कोइरालाको सभापतित्वमा भएको कार्यक्रममा मोरङका सहायक प्रमुख जिल्ला अधिकारी उमेश पाण्डे, सुनसरीको वर्जु गाँउपालिकाका कार्यकारी प्रमुख रामचरित्र मेहता, वडा नम्बर ५ का अध्यक्ष मिनकुमार आचार्यलगायत सम्पुर्ण टोलबासीले सामुहिक रुपमा सम्मानित हुने तीनै जनालाई प्रमाणपत्र सहित सम्मान गरेका हुन् ।

आर्दश टोलको नाम देश विदेशसम्म फैलाउन विशिष्ट योगदान गरेको भन्दै सम्मान गरिएको आयोजक संस्थाका संकेत खनालले बताए । कार्यक्रममा डाक्टर मोहनचन्द्र घिमिरेले टोलबासीबाट गरिएको यस्तो सम्मानले आपसमा आत्मियता बढ्ने र यसले टोलकै इजजत बढ्ने बताए ।

कार्यक्रममा सम्मानित व्यक्ति राजन खत्रीले आफुलाई आफ्नै गाँउबाट सम्मान हुदाँ गौरव महशुस भएको बताए । उनले टोल र जनताको हितमा काम गर्ने प्रतिबद्धता व्यक्त गरे । यस्तै कार्यक्रममा सम्मानित पत्रकार लुइटेल तथा डाक्टर पोखरेलले पनि आ आफ्नो क्षेत्रबाट टोलको विकास र उत्थानमा निरन्तर लागि पर्ने बताए ।
कर्याक्रमको सञ्चालन मणिन्द्र खनाल तथा कार्यक्रमको संयोजन स्थानीय धु्रव कोइराला, सुजन दाहाल, प्रभाकर कार्की, पुण्य भण्डारी, प्रविण निरौलालगायतले गरेका थिए ।

तपाईको प्रतिक्रिया

खबर पूर्वाञ्चल

खबर पूर्वाञ्चल मिडिया प्रालीद्वारा सञ्चालीत खबर पूर्वाञ्चल डट कम
सञ्चालक तथा प्रवन्धक निर्देशक – पुष्पराज थपलिया
सम्पर्क नं. ९८५२०२९८२२, ९८०७०६१९९२
Email: pushpa.biratnagar@gmail.com
सम्पादक – डिल्ली पोखरेल
सुचना तथा प्रसारण विभाग दर्ता नं. ०७५७/०७४/७५