सेतो हेरोइनसहित भारतिय नागरिक पक्राउ

खबर पूर्वाञ्चल, २७ बैशाख २०७६, शुक्रबार १४:०१

केशव न्यौपाने
रंगेली / मोरङको रंगेली प्रहरीले सेतो हेरोइन सहित एक भारतिय नागरिकलाई पक्राउ गरेको छ ।

मोरङको धनपाल गाउँपालीकाको मायागंजबाट हिजो राती भारतिय नागरिक भारत कुरसाकाटाका ३६ वर्षिय सन्तोश मण्डललाई रंगेली प्रहरीले पक्राउ गरेको हो ।

रंगेली प्रहरी प्रमुख प्रहरी निरीक्षक कविन्द्रकुमार कार्कीका अनुसार प्रदेश नं. १ प्रहरी को विशेष टोली र रंगेली प्रहरीले भारत नागरिक मण्डललाई पक्राउ गरेको बताए ।
प्रहरीले मण्डलले चलाई ल्याएको डि एल ७ सी एम ०१७६ नम्बरको स्कारपीयो जिप चेक जाच गर्दा म्याड इन थाइल्याण्ड डबल टाइगर नामको १ सय ६० ग्रामको सेतो हेरोइन बरामद गरेको हो । मण्डलले जन्ती बोकी आएको सो सवारीबाट विशेष सुराकीको आधारमा हेरोइन बरामद गरेको रंगली प्रहरीले जनाएको छ ।

लागु औषद नियन्त्रण ऐन अन्तर्गत मण्डललाई आज मोरङ जिल्ला अदालतबाट म्याद थपी थप अनुसन्धान भईरहेको मोरङ प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया

greenland college
KANTIPUR

खबर पूर्वाञ्चल

खबर पूर्वाञ्चल मिडिया प्रालीद्वारा सञ्चालीत खबर पूर्वाञ्चल डट कम
सञ्चालक तथा प्रवन्धक निर्देशक – पुष्पराज थपलिया
सम्पर्क नं. ९८५२०२९८२२, ९८०७०६१९९२
Email: pushpa.biratnagar@gmail.com
सम्पादक – रमेश अधिकारी
सुचना तथा प्रसारण विभाग दर्ता नं. ०७५७/०७४/७५