RUMPUM
animated ellipse animated ellipse

चुरे क्षेत्र उजाड बन्दै गएकोले यसको संरक्षण गर्न सरोकारवालाहरूकोे जोड

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२२ बैशाख २०७६, आईतवार १७:०३
3
Shares

विराटनगर / पछिल्लो समय मोरङको उत्तरी क्षेत्रमा रहेको चुरे क्षेत्र उजाड बन्दै गएकोले यसको संरक्षण गर्न सरोकारवालाहरूले जोड दिएका छन् ।

सामुदायिक बन उपभोक्ता महासंघ नेपाल लेटाङ्ग नगर महासंघले मोरङको लेटाङ्ग नगरपालिका – १ मा आयोजना गरेको एक दिने प्रशिक्षण कार्यक्रममा सरोकारवालहरूले यस्तो बताएका हुन् ।

उनीहरूले चुरेको क्षेत्रको संरक्षणको लागि राज्यले स्थानिय उपभोक्ताहरुलाई प्रोत्सान नगरे संरक्षण हुन नसक्ने उनीहरूले बताए । कार्यक्रममा बोल्दै लेटाङ्ग १ नम्बर वडा अध्यक्ष विष्णुकुमार मगरले चुरेको संरक्षण गर्न सबै लागि पनुपर्नेमा जोड दिए । ‘चुरे क्षेत्रको संरक्षण गरे पनि स्थानिय उपभोक्ताहरूले केही पाउन सकेको छैनन,’ उनले भने, ‘जसले गर्दा पनि यसको संरक्षण हुन नसकेको हो ।’ राज्यले चुरे क्षेत्रको संरक्षणमा विशेष योजना अगाडी बढाउनुपर्नेमा जोड दिए ।

कार्यक्रममा केराबारी गाउँपालिका ९ का वडा अध्यक्ष भूपेतेन्द्र मल्लले वर्षौदेखि सामुदायिक वन स्थानिय उपभोक्ताहरूले संरक्षण गरेको हुनाले यहाँको सामुदायिक वन सामुदायमा हस्तानतरण हुनुपर्नेमा जोड दिए । कार्यक्रममा सामुदायिक वन उपभोक्ता महासंघ लेटाङ्ग नगर महासंघका अध्यक्ष आनन्द सागर तिम्सिनाले जिल्लामा १ सय ३३ वटा सामुदायिक वन रहेकोले यसको संरक्षणमा स्थानिय जनता लागि परेको बताए । मोरङको लेटाङ्गमा मात्र ३८ वटा सामुदायिक वन रहेको जानकारी दिदै उनले व्यापक रूपमा महासंघले सचेना अभियानको थलानी गरेको जानकारी दिए ।

हालसम्म ९ वटा सामुदायिक वनमा सामुदायिक वनको बारेमा जानकारी गराउँदै सचेतना फैलाउने जागरण अभियान सुरु गरिसकेको उनले बताए । आइतबार लेटाङ्ग १ मा रहेको श्री जलकन्या सामुदायिक वन उपभोक्ता समूहका उपभोक्ता र कार्यसमिति सदस्यहरूलाई एक दिने प्रशिक्षण दिएको अध्यक्ष ललित कुमार तामाङ्गले जानकारी दिए । उनका अनुसार प्रशिक्षणमा १ सय बढीको सहभागि रहेको बताए ।

सोही अवसरमा पत्रकार कौसल निरौलालाई नगद १० हजार १ सय १ रुपैयाँ र कदर पत्रले जलकन्या सामुदायिक वन उपभोक्ता समूहले पुरस्कृत गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर