RUMPUM
animated ellipse animated ellipse

मोरङमा भै‌सी करणी गरेको आरोपमा अदालतमा फिराद दर्ता

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२१ बैशाख २०७६, शनिबार १०:३२
3
Shares

विराटनगर / भैंसीलाई करणी गरेको आरोपमा जिल्ला अदालत मोरङमा मोरङमा फिराद दर्ता भएको छ ।

मोरङको रतुवामाइ नगरपालिका – २ का ४० वर्षिय मङ्गल हस्दाले छिमेकी रानी टुढुको भैसी करणी गरेको आरोपमा जिल्ला अदालत मोरङमा भैसी धनीको तर्फबाट ‘फिराद’ दर्ता भएको हो ।

हस्दाले छिमेकीको गोढमा बाधेको भैसीलाई ७ सय मिटर पश्चिम एकान्त बास झ्याङ्गमा लगेर बिहीबार दिउँसोे १२ बजेको समयमा करणी गरेको इलाका प्रहरी कार्यालय सिजुवाका प्रहरी निरीक्षक रामचन्द्र साहले जानकारी दिए । करणी गर्दा खोलेर छाडेको कपडालाई आधार बनाएर अनुसन्धान गर्दा करणी गर्ने गाँउकै यूवा मंगल भएको खुलेको हो ।

हस्दालाई प्रहरीले पक्राउ गरेपछि उनले अपराध स्विकार गरेका छन् । पशु करणी फौजदारी दुनियाँवादी अपराध भएकोले प्रहरीले नभइ भैँसीधनीले आरोपीलाई कार्वाही माग गर्दै अदालतमा फिराद पत्र दर्ता गराएका हुन् ।

मंगलले गोठमा बाँधेको भैसी फुकाएर बाँस झ्याङमा लगेर दुवै खुट्टा बाँधेर करणी गरेका थिए । गोढमा बाधेको भैसी हराएपछि धनीले खोजी गर्दा भैसी बाँस झयाङमा फेला परेको थियो ।

फिरादत दर्ता भएपछि प्रतिवादीको हकमा म्याद जारी हुनेछ । अदालते दिएको म्यादमा उपस्थीति भएर छलफल हुनेछ । त्यसपछि प्रतिउत्तर मागेर अदालतले आदेश दिनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर