CLASSICTECH NET

छुट्टाछुट्टै दुर्घटनामा २ को मृत्यु

खबर पूर्वाञ्चल, २० बैशाख २०७६, शुक्रबार १४:०५

विराटनगर / १ नम्बर प्रदेशको मोरङ र झापा जिल्लामा आज बिहान भएको सवारी दुर्घटनामा २ जनाको मृत्यु भएको छ ।

मोरङको बिराटनगर महानगरपालिका १२ मंगलबारेमा ट्याक्टरको ठक्करबाट १ बालिकाको मृत्यु भएको छ । भित्रि सडक खण्डमा पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको को २ त २१२४ नम्बरको ट्याक्टरले सोही स्थान बस्ने दिपनारायण राजवंशीकी छोरी अरूणोदय आधारभूत बिद्यालयमा कक्षा ४ मा अध्ययनरत १० वर्षिय चन्द्रकला राजवंशीलाई आज बिहान स्कूल जाने क्रममा ठक्कर दिएको थियो । ठक्करबाट गम्भीर घाइते भएकी बालिकालाई उपचारको लागि कोशी अन्चल अस्पताल बिराटनगर पठाएकोमा उपचारको मृत्यु भएको प्रहरी चौकी बखरीले जनाएको छ ।

ठक्कर दिने ट्याक्टरलाई प्रहरीको नियन्त्रणमा राखिएको छ भने चालक फरार रहेकोले खोजी भईरहेको मोरङ प्रहरीले जनाएको छ ।

त्यस्तै झापाको बुद्धशान्ति गाउँपालिका ४ जोरलाभरमा स्कूल बसको ठक्करबाट १ जना पैदलयात्रीको मृत्यु भएको छ । आज बिहान भित्री सडक खण्डमा कर्णाली उच्च माध्यामिक बोर्डिङ स्कूलको मे १ ख १८१९ नम्बरको स्कूल बसको ठक्करबाट सोही स्थान बस्ने पैदलयात्री ४१ वर्षिय राजेन्द्र जबेगुको घटनास्थलमा नै मृत्यु भएको हो ।

घटनाको जानकारी पाउना साथ तत्काल इलाका प्रहरी कार्यालय धुलावारीबाट प्रहरी टोली खटि गई बस र चालक सोही गाउँपालिका १ बस्ने ४६ वर्षिय गोपाल बराईलीलाई नियन्त्रणमा राखिएको झापा प्रहरीले जनाएको छ ।

मृतकको शव कानूनी प्रकृया पूरा गरी पोष्टमार्टमको लागि मेची अञ्चल अस्पताल भद्रपुर पठाएको छ ।

तपाईको प्रतिक्रिया

moder era School

खबर पूर्वाञ्चल

खबर पूर्वाञ्चल मिडिया प्रालीद्वारा सञ्चालीत खबर पूर्वाञ्चल डट कम
सञ्चालक तथा प्रवन्धक निर्देशक:
पुष्पराज थपलिया
सम्पर्क नं. ९८५२०२९८२२, ९८०७०६१९९२
Email: pushpa.biratnagar@gmail.com
सम्पादक – डिल्ली पोखरेल, ९८५२०२२३९२
सुचना तथा प्रसारण विभाग दर्ता नं. ०७५७/०७४/७५