RUMPUM
animated ellipse animated ellipse

ताप्लेजुङमा ४ नाल भरुवा बन्दुक बरामद

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

१८ बैशाख २०७६, बुधबार १३:०७
3
Shares

ताप्लेजुङ / ताप्लेजुङको विभिन्न ठाउँबाट प्रहरीले ४ नाल भरुवा बन्दुक बेवारिसे अवस्थामा फेला पारेको छ भने २ नाल हतियार प्रहरीलाई बुझाएका छन् ।

प्रहरी चौकी सिवाबाट खटिएको प्रहरी टोलीले फक्तालुङ गाउँपालिका ३ लिङखिममा रहेको ओढारमा बेवारिसे अवस्थामा लुकाई राखेको २ नाल,प्रहरी चौकी फुलवारीबाट खटिएको प्रहरी टोलीले आठराई त्रिवेणी गाउँपालिका २ फुलबारीस्थित ओकाटे ढुंगाको ओढारबाट १ नाल, प्रहरी चौकी हाङपाङबाट खटिएको प्रहरी टोलीले सोही गाउँपालिका ३ हाङपाङ स्थितसो बुदाजंगलबाट १ नाल भरुवा बन्दुक बरामद गरेको हो ।

त्यसैगरी पाथिभरा याङवरक गाउँपालिका १ नाङखोलेङछिपछिपेका कबहादुरगुरुङले प्रहरी चौकी मेवाखामा २ नाल भरुवा बन्दुक बुझाएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ ।

बरामद गरिएको बन्दुकको सम्बन्धमा आवश्यक अनुसन्धान भईरहेको ताप्लेजुङ प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर