AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

विप्लवका कोशी व्युरो संयोजक श्रेष्ठसहित पाँच जना कारागार चलान

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

१७ बैशाख २०७६, मंगलवार १९:५५
3
Shares
विराटनगर / विभिन्न मितिमा पक्राउ परेका नेत्रबिक्रम चन्द (विप्लव)नेतृत्वको प्रतिबन्धित नेकपामा कोशी व्युरो संयोजक घनश्याम श्रेष्ठसहित पाँच जना कारागार चलान भएका छन् ।

जिल्ला अदातल सुनसरीका न्यायाधीश ध्रुबकुमार सुवेदीको आजको आदेशमा उनीहरु सुनसरीको झुम्का स्थित कारागार चलान भएका हुन् ।

गत चैत १० गते मोरङको कानेपोखरीबाट पक्राउ परका पार्टीका ब्युरो संयोजक ओखलढुंगाका श्रेष्ठ र सदस्य काभ्रे घर भएका माधब गौतम, चैत १२ गते सुन्दरहरैचाबाट पक्राउ परेका पार्टीका मोरङ इञ्चार्ज भोजपुर घर भएका कृष्णकुमार श्रेष्ठ, चैत १३ गते इटहरीबाट पक्राउ परेका सुनसरीका रमेश खड्का र सुनसरीको पानमाराबाट फागुन १५ गते हतियारसहित पक्राउ परेका पाँचथरका देबकुमार साँवा लिम्बू कारागार चलान भएका हुन् । उनीहरुमध्ये लिम्बूलाई पुर्पक्षको लागि कारागार चलान गर्न र बाँकीलाई जनही ५० हजार धरौटीमा छाड्न अदालतले आदेश दिएको थियो ।

विप्लबका कार्यकर्तालाई अदालतबाट छुटेलगत्तै पक्राउ गर्न क्रम बढेकोले धरौटीमा छोड्न आदेश गरिएकाहरु पनि धरौटी जम्मा नगर्ने भन्दै कारागार गएका हुन् । अदालत परिसरमा पुनः पक्राउ गर्न ठूलो संख्यामा प्रहरी परिचालन गरिएकोले पनि उनीहरुले आपूmहरु कारागार नै जाने बताएका थिए ।

पक्राउ परेका लिम्बूलाई हातहतियार तथा खरखजाना, संगठित अपराध र राजद्रोहको मुद्दा चलाइएको थियो । हतियारसहित पक्राउ परेका लिम्बूसँग नियमित संपर्कमा रहेको आधारमा अन्य चार जनालाई पनि सोही मुद्दा मतियारको रुपमा चलाइएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर