राजधानी र नाम तोक्न प्रदेश सरकारलाई बाटो खुल्ला

खबर पूर्वाञ्चल, १७ बैशाख २०७६, मंगलवार १६:२१

विराटनगर / प्रदेश न .१ का प्रदेश प्रमुख प्रा.डा. गोबिन्दबहादुर तुम्वाहाङले वृह्तर विराट क्षेत्र विकास समवन्धमा व्यवस्था गर्न बनेको विद्येयक —२०७५ आज प्रमाणिकरण गरेका छन् ।

बिद्येयक प्रमाणिकरण पछि लामो समयदेखि थाति रहदै आएको प्रदेशको नामाकरण र राजधानीको बिषय टुंगो लगाउन प्रदेश सरकारलाई बाटो खुल्ला भएको छ । प्रदेश प्रमुखले हालसम्म २७ विद्येयक प्रमाणिकरण गरिसकेका प्रदेश प्रमुखका प्रेस सल्लाहाकार शेखर रेग्मीले बताए ।

नेपालको संविद्यान धारा २०१ (१) र प्रदेश न.ं१ को प्रदेश सभा नियमावली , २०७४ को नियम १११ बमोजिम प्रदेश सभाको बैशाख १५ गते बसेकोे तेस्रो अधिबेशनको ३३ औ बैठकले यो विद्येयकलाई पारित गरेको हो । १२ धारा रहेको विद्येयकमा मोरङ र सुनसरी जिल्लाका गाउँपालिका , नगरपालिका र महानगरपालिकाको १८ क्षेत्रलाई समेटेर वृहत्त विराट बिकास क्षेत्र बनाउने उल्लेख गरिएको छ । यसरी निर्माण गरिने वृहत्तर विराट क्षेत्र निर्माणको लागी समिति गठन गरिने छ ।

समितिमा भौतिक पूर्वाधार मन्त्रीको अध्यक्षतामा प्रदेश सरकारले मनोनयन गरेका महिला प्रदेश सभा सदस्य सहित ३ जना , १८ स्थानीय निकायबाट प्रदेश सरकारले मनोनयन गर्ने ३ जना , प्रदेश सरकारले मनोनयन गर्ने इन्जिनियर , कानून , व्यवस्थापन , शहरी योजना बिषयका बिज्ञ व्यक्तीहरू मध्येबाट १ महिला सहित ३ जना , मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयका सचिव मध्येबाट प्रदेश सरकारले तोकेको सचिव , भौतिक पूर्वाधार मन्त्रालयका सचिव र प्रमुख कार्यकारी निर्देशक सदस्य सचिव रहने व्यवस्था छ ।

आयोजनाको ढाँचा , खाका र मापदण्ड निर्माण गर्न प्रदेश सरकारले वृहत्त क्षेत्र बिकास समिति गठन गर्न लागेको हो ।

तपाईको प्रतिक्रिया

greenland college
KANTIPUR

खबर पूर्वाञ्चल

खबर पूर्वाञ्चल मिडिया प्रालीद्वारा सञ्चालीत खबर पूर्वाञ्चल डट कम
सञ्चालक तथा प्रवन्धक निर्देशक – पुष्पराज थपलिया
सम्पर्क नं. ९८५२०२९८२२, ९८०७०६१९९२
Email: pushpa.biratnagar@gmail.com
सम्पादक – रमेश अधिकारी
सुचना तथा प्रसारण विभाग दर्ता नं. ०७५७/०७४/७५