CLASSICTECH NET

जेठ ४ गतेदेखि लुम्विनी भ्रमण वर्षे मनाउँदै

खबर पूर्वाञ्चल, १५ बैशाख २०७६, आईतवार १८:४५

विराटनगर / विस २०७६ मा २५ लाख स्वदेशी तथा विदेशी पर्यटक भित्र्याउँदै प्रदेश नं ५ ले लुम्विनी भ्रमण वर्ष मनाउँने भएको छ ।

आज विराटनगरमा प्रदेश नं ५ ले अन्तरक्रिया कार्यक्रमको आयोजना गरि जानकारी दिएको छ ।

पर्यटनलाई आर्थिक समृद्धि र दिगो विकाससंग जोड्न विस २०७६ जेठ ४ देखि एक वर्षसम्म आयोजना गरिने लागिएको भ्रमण वर्षमा नेपाल सरकारको सन् २०२० भिजिट वर्षमा बीस लाख विदेशी पर्यटक भित्र्याउन लक्ष्यलाई सहयोग पु¥याउने विश्वास गरिएको छ ।

पर्यटन प्रवद्र्धन मार्फत समृद्धि हासिल गर्न टेवा पु¥याउने यस क्षेत्रको धार्मिक, पर्यटकीय सांस्कृतिक, पुरातात्विक एवम् ऐतिहासिक महत्वका स्थानहरुको पहिचान संरक्षण सम्वद्र्धन तथा व्यवस्थापनमा सहयोग पुयाउनु, लुम्विनी आउने पर्यटकहरुको बसाई अवधि लम्वाउनु ,लुम्विनी क्षेत्रलाई सिद्धार्थ, कनकमुनि र क्रकुछन्द बुद्धको जन्मस्थल तथा वौद्ध दर्शन तथा शान्तिको उद्गम स्थलका रुपमा व्यापक प्रचार गर्नु र लुम्विनीलाई केन्द्रमा राखेर प्रदेश नं ५ का महत्वपूर्ण पर्यटकीय गन्तव्यहरुको प्रचार–प्रसार र प्रवद्र्धन गर्न मुख्य उद्देश्य रहेको छ ।

भ्रमण वर्षमा मायादेवी प्रसुती उत्सव, लुम्विनी फुड फेस्टिवल, सुजाता खीर उत्सव , सडक प्रदर्शनी, मायादेवी मन्दिर परिसरमा दैनिक दीप प्रज्वलन, मासिक फूल मून डे (पूर्णिमा) उत्सव, धार्मिक यात्रा र त्रिपिटिक वाचन, योग तथा ध्यान शिविरहरु, स्थानीय उत्पादनहरुको विक्री कक्ष( कोशेली घर)को व्यवस्था र पीस म्याराथुनको आयोजना गरिने प्रसार प्रसार समितिका संयोजक भरत केसीले वताए ।

भ्रमण बर्ष आयोजनावाट राष्ट्रिय र अन्तर्राष्ट्रिय क्षेत्रमा लुम्विनीको क्षेत्रको प्रचार यस क्षेत्रको महत्व बढ्ने र विकासमा सहयोग हने, लुम्विनी क्षेत्रमा आउने पर्यटकको संख्या र उनीहरुको बसाई अवधिका आगामी वर्षमा वृद्धि हुने, लुम्विनी क्षेत्रका स्थानीय उत्पादन तथा व्यवसामा सहयोग पुग्ने, होटल, ट्राभल एजेन्सी, यातायात लगायतका पर्यटन व्यवसायको प्रवद्र्धन हुनुका साथै रोजगारी उपलव्ध हुने र प्रदेश सरकार र लुम्विनी विकास कोष वीच समन्वय र सहकार्य भई यस क्षेत्रको पर्यटन प्रवद्र्धनमा सकारात्मक प्रभाव पारी उपलव्धि हासिल हुने विश्वास समितिले गरेको छ।

प्रदेश नं १ उद्योग, पर्यटन,वन तथा वातावरण मन्त्री जगदीशप्रसाद कुशियतले छिमेकी पर्यटकलाई सम्मानका साथ सहज वातावरणमा सेवा दिनु पर्ने औल्याउदै सवै स्थानीय क्षेत्रमा प्रसार प्रसार व्यापक आग्रह गरे ।

भ्रमण वर्ष प्रसार समितिले पूर्वको प्रदेश नं १ को अस्थायी राजधानीवाट आजदेखि प्रसार शुरु गरेको हो भने सोमबार प्रदेश नं २ मा अन्तरक्रिया गर्ने समिमितिका संयोजक केसीले जानकारी दिए ।

तपाईको प्रतिक्रिया

AIMS COLLEGE
SOMS COLLEGE
EDEN BORG COLLEGE
HIMALYAN DARSHAN COLLEGE
Sagarmatha nishan add
merryland college
NIHAREEKA
NEPAL BUSNESH COLLEGE
ORCHID COLLEGE

खबर पूर्वाञ्चल

खबर पूर्वाञ्चल मिडिया प्रालीद्वारा सञ्चालीत खबर पूर्वाञ्चल डट कम
सञ्चालक तथा प्रवन्धक निर्देशक – पुष्पराज थपलिया
सम्पर्क नं. ९८५२०२९८२२, ९८०७०६१९९२
Email: pushpa.biratnagar@gmail.com
सम्पादक – डिल्ली पोखरेल, ९८५२०२२३९२
सुचना तथा प्रसारण विभाग दर्ता नं. ०७५७/०७४/७५