RUMPUM
animated ellipse animated ellipse

मिस नेवाःको दोस्रो अडिसन धरानमा

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

१४ बैशाख २०७६, शनिबार १९:३४
3
Shares

विराटनगर / मिस नेवाः कोशीको दोस्रो अडिसन आज धरानमा सम्पन्न भएको छ ।

विराटनगरबाट गत शनिबारदेखि सुरु भएको अडिसन धरानमा पनि भएको हो । गत वर्ष विराटनगरमा केन्द्रित अडिसनलाई प्रदेश–१ का प्रमुख सहरमा पु¥याउने लक्ष्यका साथ अगाडि बढेको आयोजक मञ्जिना मुभिज प्रालिका प्रबन्ध निर्देशक जतिन ताम्राकारले जानकारी गराए । नेवारी समुदायको संस्कृति जगेर्ना उद्देश्यले मिस नेवाः आयोजना गर्न लागिएको हो । नेवारी संस्कृतिलाई नेपालकै धनी संस्कृतिका रुपमा लिने गरिन्छ ।

चलचित्र निर्देशक रविन श्रेष्ठ, नेवा एकता समाजका संस्थापक उपाध्यक्ष महेश श्रेष्ठ, नेपाल जेसीजकी महासचिव आयुष्मा शाक्य, मिस पूर्वाञ्चलकी फष्ट रनरअप सिम्रन श्रेष्ठले निर्णायकको भूमिका निर्वाह गरेका थिए । अडिसनमा एक दर्जनभन्दा बढी युवतीहरू प्रतिस्पर्धामा उत्रिएका थिए । एसइईदेखि स्नातकसम्म अध्ययन गरेका युवतीहरू प्रतिस्पर्धामा उत्रिएका छन् ।

नेवारी समुदायको भेषभुषा र संस्कृतिप्रति युवापुस्तालाई आकर्षित गर्दै उनीहरूभित्र रहेको प्रतिभा प्रस्फुटन गराउन प्रयोगिता आयोजना गरिएको ताम्राकारले बताए । यो तेस्रो शृंखला हो । यसअघि दुईवटा शृंखला सम्पन्न भइसकेको छ । पहिलोमा रइसा श्रेष्ठ र दोस्रोमा सुधा श्रेष्ठले उपाधि जितेका थिए । यसपछि इटहरी र दमकमा छनौट चरणका प्रतिस्पर्धा गरिनेछ । सबै स्थानबाट छनौट भएर आएकाहरूलाई विराटनगरमा दोस्रो चरणको बन्द प्रशिक्षणमा राखिनेछ ।

विगतमा विराटनगर र आसपासका क्षेत्रलाई समेटेर प्रतियोगिता आयोजना हुने गरेको थियो । विजेतालाई स्कुटी, ५ लाख रुपैयाँ बराबरको जीवन बिमासहितका आकर्षक पुरस्कार प्रदान गरिनेछ । त्यस्तै म्युजिक भिडियोमा अभिनय गर्ने अवसरसमेत विजेताले प्राप्त गर्ने ताम्राकारले बताए । “दोस्रो चरणको अडिसनसम्म आइपुग्दा प्रतिस्पर्धीहरूको उत्साहजनक सहभागिता देखिएको छ,” ताम्राकारले भने, “सहभागी र शुभेच्छुकको उपस्थितिले हामी निकै नै उत्साहित भएका छौं ।”

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर