CLASSICTECH NET

सेन्ट्रल मलले उपभोक्ता ठग्दै, विराटनगरमा पत्रकारसमेत ठगिए सेन्ट्रल मलमा

खबर पूर्वाञ्चल, १४ बैशाख २०७६, शनिबार १२:०८

विराटनगर / विराटनगरमा फागुन २० गतेदेदिसञचालनमा आएको सेन्ट्रल मलभित्र रहेको सेन्ट्रल बजारले श्रृङखलाबद्ध रुपमा ग्राहकहरुलाई ठग्दै गरेको एक तथ्य फेला परेको छ ।

सेन्ट्रल बजारमा तोेकेको मुल्यभन्दा झण्डै ७ प्रतिशत थप मुल्य लिएर ग्राहकहरुलाई ठग्दै गरेको देखिएको छ । हालै बिराटनगरका दुइ जना प्रत्रकारले किनेको सामानमा यस किसिमको त्रुटि देखिएको छ । मोरङ पत्रकार महासंघका कोषाध्यक्ष सन्तोष सिग्देलले यस अघि १ ६५ रुपैँया पर्ने कालो तिल किन्दा १६७ रुपैँयाँ तिरनु परेको थियो । उनलाई सेन्ट्रल बजारले २ रुपैँया ठगेको थियो । यस्तै नेपाल टाइम्स टेलिभिजनका पत्रकार सोनुकुमार दासले किनेको ग्याट्सबाइ जेलमा तोकेको मुल्य भन्दा १५ रुपैँया ठगेको थियो । यसरी ठगेकोमा दुइ जना पत्रकारमात्र नरहेको सेन्ट्रल मलकै एक गार्डले बताए ।

पत्रकारले मात्र यस्तो किसिमको खुलासा गरेकाले दुइ जना पत्रकार ठगिएको देखिएको छ । यद्धपि सेन्ट्रल बजारले १—२ रुपैँयाँ त्यास्ता धेरै सामानमा ठगेर लिरहेको श्रोतले जनाएको छ । यसरी एक दिनमा कम्तिमा १ हजार ग्रहाकलाई ५ रुपैँयाँको दरले ठगेमा ५ हजार रुपैयाँ ठगिन्छ । यता ठगिएका व्यक्तीहरुले आफु ठगिएको उजुरी गरेमा सेन्ट्रल बजारले पैसा फिर्ता गर्ने गरेको देखिएको छ भने उजुरी नगर्नेहरुको कुनै तथ्य अर्थात कुनै पैसा फिर्ता नगरको मलका उच्च श्रोतले जनाएको छ ।

मलका ग्रोसरी हेर्ने रवि ठाकुरले हामीले नठगेको तर प्राबिधिक त्रुटिले यस किसिमको गल्ति भएको र अब न दोहोरिने बताए । सेन्ट्रल बजारको उद्घाटन प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले गरेका थिए । । सेन्ट्रल मल विराटनगरका तीन औद्योगिक घराना देवेनरा, हाईलाईफ र विशाल ग्रुपको संयुक्त लगानीमा सञ्चालनमा आएको हो ।

कसुर र सजाय सम्बन्धी व्यवस्था
उपभोक्ता संरक्षण ऐन २०७५ को दफा १६ को उपदफा २ को खण्ड (घ) बमोजिम कुनै वस्तु वा सेवाको वास्तविक आधारभन्दा फरक आधारमा उपभोक्ता मूल्यमा भार पर्ने गरी मूल्य निर्धारण गरेमा सोहि ऐन को दफा ३८ को खण्ड (च) बमोजिम कसुर मानिने छ । सोहि ऐनको दफा ३८ को खण्ड (च) बमोजिम कसुर गर्ने र गराउनेलाई दुई बर्ष देखि पाँच बर्ष सम्म कैद वा चार लाख देखि छ लाख रुपैयाँ सम्म जरिवाना हुने ब्यवस्था छ ।

प्रतिक्रियाहरु

  1. Jeetendra jha लेख्नुहुन्छ

    Yes prakar ko galti garne lai sajay ta hunu parne nai Ho. Tara laboratory Chemical supply garne haru le jun 100 to 400 percent badhi chemical ko dam line gareko Chaa teslai kunai sajay chhaina?
    Chha bhane khojnus bujhnus ra janta majh lyaunus… Malai 100 percent Bishwash chha maile bhaneko ma tapai haru le chaso pakai dekhaunu hunna hola.

  2. Salim Alam लेख्नुहुन्छ

    sahi garnu vo hjr haru lay yasari nae neta haru ko pol kholna saknu hunxa sayad saknu hunna hola.

  3. Sandip Thapa Magar लेख्नुहुन्छ

    plz plz plz serve the customer with the actual price do not repeat this again

  4. Sandip ojha लेख्नुहुन्छ

    Sticker pane galat hunxa kaila Kai….

    Purana saman Kai sticker huna sakxa,
    Naya ma pane,
    Yo thagi hoina,mistake ho,
    Lutako vanna mildaina,

  5. Shambhu Gothiya लेख्नुहुन्छ

    Our law must punish these types of fraud organizations…aam mafi dinu hudai na..pahilo mafi nai dosro galti garne mauka dinxa ..

तपाईको प्रतिक्रिया

खबर पूर्वाञ्चल

खबर पूर्वाञ्चल मिडिया प्रालीद्वारा सञ्चालीत खबर पूर्वाञ्चल डट कम
सञ्चालक तथा प्रवन्धक निर्देशक – पुष्पराज थपलिया
सम्पर्क नं. ९८५२०२९८२२, ९८०७०६१९९२
Email: pushpa.biratnagar@gmail.com
सम्पादक – डिल्ली पोखरेल
सुचना तथा प्रसारण विभाग दर्ता नं. ०७५७/०७४/७५