विराटनगर / भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आफ्नो निर्वाचन क्षेत्र उत्तर प्रदेशको वाराणसीमा लोकसभा सिटका लागि उम्मेदवारी दर्ता गरेका छन् । उनले स्थानीय चुनाव आयोगको कार्यलयमा उम्मेदवारी दर्ता गराएका भारतीय संञ्चारमाध्यमहरुले जनाएका छन् ।
उनले सो निर्वाचन क्षेत्रबाट यसअघिको अर्थात् सन् २०१४ को आम निर्वाचनमा भारी मतका साथ निर्वाचित भएका थिए । उक्त निर्वाचन क्षेत्रमा आगामी मे १९ मा मतदान हुन गइरहेको छ । आगामी चरण निर्वाचनको अन्तिम तथा सातौँ चरण हो ।
उक्त चरणको निर्वाचन आगामी मेको ११, १८ र १९ तारिखमा हुने कार्यक्रम छ । सो अन्तिम चरणको निर्वाचन सम्पन्न भएको चार दिनपछि अर्थात् मे २३ मा निर्वाचन परिणाम घोषणा गर्ने कार्यक्रम रहेको बताइएको छ ।
उम्मेदवारी दर्ता गराउनुअघि राष्ट्रिय प्रजातान्त्रिक गठबन्धन (एनडिए) का नेताहरुसँग प्रधानमन्त्री मोदीसँग भेट गरे । यस क्षेत्रको निर्वाचनमा भाजपा, जनता दल युनाइटेड, शिवसेना, लोकजनशक्ति पार्टीबीच गठबन्धन भएको छ । यसअघि कांग्रेस महासचिव प्रियंका गान्धी मोदीको विरुद्धमा सोही क्षेत्रबाट चुनाव लड्सक्ने अड्कलबाजी गरिएको थियो । तर, अन्तिम समयमा आएर प्रियंका सो क्षेत्रबाट चुनाव नलड्ने पक्का भएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।
तपाईको प्रतिक्रिया