RUMPUM
animated ellipse animated ellipse

केसलिया खोलाबाट स्काईभेटरसहित ट्रिपर र ट्याक्टर नियन्त्रणमा

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

१२ बैशाख २०७६, बिहीबार १५:०७
3
Shares
विराटनगर / मोरङको विराटनगर महानगरपालिका ६ केसलिया खोला नजिक अवैध रुपमा वालुवा उत्खनन् गरिरहेको अवस्थामा प्रहरीले स्काईभेटरसहित ३ वटा ट्रिपर र एउटा ट्याक्टरलाई नियन्त्रणमा लिएको छ ।

आज सि.आर.भी.ले केसलियामार्गबाट खटिएको प्रहरी टोलीले खोला उत्खनन् गरिरहेको अवस्थामा अनटेष्ट स्काईभेटरसहित ना ५ ख ७४४५, को १ क १९६३, बा ८ ख ५९९४ नम्बरको ट्रिपर र को १ त २७९१ नम्बरको ट्याक्टरलाई नियन्त्रणमा लिएको हो ।

नियन्त्रणमा राखिएको उक्त सवारीलाई आवश्यक कारवाहीको लागि विराटनगर महानगरपालिकाको कार्यालय पठाईएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

फोटो फिचर