CLASSICTECH NET

प्रहरी बनेर लुटपाट गर्ने दुई जना पक्राउ

खबर पूर्वाञ्चल, १० बैशाख २०७६, मंगलवार २०:४०

विराटनगर / मोरङको विराटनगर महानगरपालिका–८ स्वागतम चोकमा नक्कली प्रहरी बनेर घर भित्र प्रवेश गरेर लुटपाटमा संलग्न दुई जनालाई मोरङ प्रहरीले पक्राउ गरेको छ ।

सोमबार राती मोटरसाईकलमा आएका ३ जना अपरिचित व्यक्तिहरु सोही स्थान बस्ने सिंगेश्वर यादवको घरमा प्रवेश गरी हामी सादा पोशाकका प्रहरी हौ तपाईको घर खानतलासी गर्नु छ भनेर घर भित्र प्रवेश गरे पश्चात घर धनीले प्रहरीमा खबर गरेका थिए ।

घटनाको जानकारी पाउना साथ तत्काल वडा प्रहरी कार्यालय हाटखोलाबाट प्रहरीको टोली खटी गई ३ जना मध्ये मुख्य योजनाकार विराटनगर–८ का २५ वर्षिय समिर कामतलाई र जहदा गाउँपालिका–६ का २५ वर्षिय सीमान्त करदार (मण्डल) लाई पक्राउ गरेको मोरङ प्रहरीका प्रवक्ता डिएसपी घनश्याम श्रेष्ठ जाकारी दिए । मण्डललाई सोमबार रातीनै पक्राउ गरिएको तथा कामतलाई आज दिउँसो पक्राउ गरेको डिएसपी श्रेष्ठले जानकारी दिए । एक जना फरार भएको मोरङ प्रहरीले जनाएको छ । उनीहरुले प्रयोग गरेको को ३७ प ४४७२ नम्बरको मोटरसाईकलसमेत मोरङ प्रहरीले बरामद गरेको छ । उनीहरुले यादवको घरभित्र जवर्जस्ती प्रवेश गरी ६५ हजार लुटपाट गरेका थिए ।

पक्राउ परेका कामत यस अघि पनि बिभिन्न लुटपाटमा संलग्न हुदै आएका थिए । उनले विराटनगरके दर्पण श्रेष्ठको मोवाइल र विराटनगर ७ की चन्द्रकला वस्नेतको व्यागभित्र रहेको नगद ६० हजार रुपैयाँ र मोवाइल लुटपाटमा समेत संलग्न भएको प्रहरीले जनाएको छ । त्यसबेला उनी पक्राउ परि जिल्ला अदालतबाट २० हजार रुपैयाँ धरौटीमा छुटेको मोरङ प्रहरीले जनाएको छ ।

पक्राउ परेका व्यक्तिहरूलाई मुलुकी अपराध कार्यविधि संहिता ऐन २०७४ बमोजिम म्याद लिई घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको मोरङ प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया

खबर पूर्वाञ्चल

खबर पूर्वाञ्चल मिडिया प्रालीद्वारा सञ्चालीत खबर पूर्वाञ्चल डट कम
सञ्चालक तथा प्रवन्धक निर्देशक – पुष्पराज थपलिया
सम्पर्क नं. ९८५२०२९८२२, ९८०७०६१९९२
Email: pushpa.biratnagar@gmail.com
सम्पादक – डिल्ली पोखरेल
सुचना तथा प्रसारण विभाग दर्ता नं. ०७५७/०७४/७५