RUMPUM
animated ellipse animated ellipse

ग्रामथान २ लाई वाल विवाहमुक्त वडा घोषणा

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

८ बैशाख २०७६, आईतवार १९:४२
3
Shares
विराटनगर / मोरङको ग्रामथान वडा नंं. २ लाई वाल विवाहमुक्त वडा घोषणा गरिएको छ ।

आज एक कार्यक्रमकावीच प्रदेश सांसद विजय विश्वासले वाल विवाहमुक्त वडा घोषणा गरे । पछिल्लो डेढ वर्षदेखि निरन्तर रुपमा सञ्चालन गरिएको वाल विवाह नियन्त्रण अभियान प्रभावकारी बन्दै गएपछि वाल विवाहमुक्त वडा घोषणा गर्न सफल भएको वडाध्यक्ष कृष्ण माझीले जानकारी दिए । उनका अनुसार डेढ बर्षको अवधिमा १७ वटा वाल विवाह रोक्न सफल भएको बताए । वडा कार्यालयमा वाल श्रम, बाल विवाह तथा बाल यौन दुब्र्यवहारलगायतका ५१ वटा वाल संरक्षणका घटनाहरु दर्ता भएको वडाध्यक्ष माझीले बताए ।

वाल विवाहमुक्त वडा घोषणाका लागि वल्र्ड भिजन इन्टरनेशनलको सहयोग र वडा कार्यालयसँगको समन्वयमा नारी विकास संघले अभियान सञ्चालन गरिरहेको छ । २०१८ जनवरीदेखि २०१९ मार्चसम्ममा वाल विवाह नियन्त्रणका लागि वडा वाल संरक्षण समितिलाई तालिम तथा अभिमुखीकरण, वाल संरक्षण संवन्धिमुद्धाहरु दर्ता गरि न्याय दिलाउन पहल तथा रेफर, धामी झाँक्री तथा धार्मिक अगुवाहरुलाई तालिम, रुपान्तरण तथा स्काई क्लवको माध्यमबाट अभियान सञ्चालन, विद्यालय शिक्षक र वाल क्लवहरुका लागि तालिम सञ्चालनलगायतको काम गरिएको वडाध्यक्ष माझीले बताए ।

२०७४ सालमा झोराहाट क्षेत्रमा भएको विवाहमध्ये ३३ प्रतिसत बालविवाह भएको तथ्यांक रहेकोमा पछिल्लो दुइबर्षयता तीब्र पारिएको अभियानका कारण बालविवाहको संख्या ९८ प्रतिसत कम गर्न सकिएको नारी विकास संघकी कार्यक्रम संयोजक सरिता अधिकारीले जानकारी दिइन्

कार्यक्रममा प्रदेश सांसद विजय विश्वास, जिल्ला समन्वय समिति मोरङका प्रमुख नरेश पोखरेल, ग्रामथान गाउँपालिका प्रमुख शिवनारायण माझीलगायतले वाल विवाह नियन्त्रण गर्नु सवैको दायित्व भएको बताए । यसअघि गत बुधबार ग्रामथान वडा नंं. १ लाई वाल विवाहमुक्त वडा घोषणा गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

फोटो फिचर