CLASSICTECH NET

मलद्वारमा लुकाएर ल्याएको लागुऔषध सहित एक जना विराटनगरबाट पक्राउ

खबर पूर्वाञ्चल, ८ बैशाख २०७६, आईतवार १८:३४

विराटनगर / प्रहरीले विराटनगरबाट मलद्वारमा लुकाएर ल्याएको लागुऔषध सहित एक जनालाई पक्राउ गरेको छ ।

विराटनगर -१४ स्थित जतुवा नहरमा प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा भारतको जोगबनीबाट नेपाल बिराटनगरतर्फ पैदल आउदै गरेका जिल्ला सुनसरी ईटहरी उपमहानगरपालीका– ३ घर भएका २२ वर्षीय राजन न्यौपानेलाई पक्राउ गरेको मोरङ प्रहरीका प्रवक्ता डीएसपी घनश्याम श्रेष्ठले बताए । मोरङ प्रहरीका प्रवक्ता श्रेष्ठका अनुसार डाजेल्याब १ एम्पुल, लुपिजेसिक १ एम्पुल, एभिल १ एम्पुल सहित न्योपानेलाई पक्राउ गरिएको जनाएका छन् ।

प्रारम्भिक सोधपुछको क्रममा न्योपानेले अन्य नियन्त्रित लागु औषध मलद्वारमा लुकाई राखेको खुले पश्चात उक्त लुकाई राखेको लागु औषध प्राकृतिक रूपमै दिशाबाट निकालिएको छ ।उनले मलद्वारभित्र डाजेल्याब ६ एम्पुल,लुपिजेसिक ६ एम्पुल र एभिल ६ एम्पुल लुकाएर ल्याएका थिए । पक्राउ परेका न्योपानेलाई मोरङ जिल्ला अदालतबाट लागु औषध नियन्त्रण ऐन २०३३ अन्तर्गत म्याद थप गरी थप अनुसन्धान भईरहेको मोरङ प्रहरीले जनाएको छ ।

मोरङ प्रहरीले गत चैत १५ गते धरान– १६ का २८ वर्षिय सुवास प्रधानलाई डाईजेल्याभ ५, एभिल १३, लुपिजेसिक ११ एम्पुल नियन्त्रित लागु औषध मलद्वारमा लुकाएको ल्याएको अवस्थामा बरामद गरेको मोरङ प्रहरीका प्रवक्ता श्रेष्ठले बताए ।

तपाईको प्रतिक्रिया

AIMS COLLEGE
SOMS COLLEGE
EDEN BORG COLLEGE
HIMALYAN DARSHAN COLLEGE
Sagarmatha nishan add
merryland college
NIHAREEKA
NEPAL BUSNESH COLLEGE
ORCHID COLLEGE

खबर पूर्वाञ्चल

खबर पूर्वाञ्चल मिडिया प्रालीद्वारा सञ्चालीत खबर पूर्वाञ्चल डट कम
सञ्चालक तथा प्रवन्धक निर्देशक – पुष्पराज थपलिया
सम्पर्क नं. ९८५२०२९८२२, ९८०७०६१९९२
Email: pushpa.biratnagar@gmail.com
सम्पादक – डिल्ली पोखरेल, ९८५२०२२३९२
सुचना तथा प्रसारण विभाग दर्ता नं. ०७५७/०७४/७५