प्रेम विवाह गरेका यूवकलाई जवरजस्ती करणीको मुद्दा

खबर पूर्वाञ्चल, ८ बैशाख २०७६, आईतवार १६:१३

विराटनगर /१४ वर्षकी किशोरीसँग प्रेम विवाह गरेको बताउँने यूवकलाई जबर्जस्ती करणीको आरोपमा प्रहरीले पक्राउ गरेको छ ।

१४ वर्षीया किशोरीलाई भगाएर काठमाण्डौ पुर्याएका सप्तरी राजविराज नगरपालिका– १४ गोर्खाली टोल घर भई विराटनगर महानगरपालिका– १४ बस्दै आएका ३० वर्षीय दीपक राउत करणी गरेको आरोपमा प्रहरीले पक्राउ गरेको हो । गत फागुन ५ गते विराटनगर महानगरपालिका– १३ बाट १४ वर्षीया किशोरी हराएकी थिइन् । बजार जान्छु भनेर हराएकी किशोरीको खोजी गर्न आफन्तले फागुन ६ गते इलाका प्रहरी कार्यालयमा उजुरी गरेका थिए । हराएको दुई महिनापछि किशोरी र यूवकलाई प्रहरीले काठमाडौंबाट पक्राउ गरेको हो ।
नेपालको कानुनले २० वर्ष भन्दा कम उमेरमा हुने विवाहलाई बर्जित गरेको छ, त्यस्तै १८ वर्षभन्दा कम उमेरकी यूवतीसँग सहमतिमै यौन सम्पर्क गरेमा पनि कसूर मानिन्छ । किशोरी १४ वर्षको मात्र भएकाले पीडित परिवारको उजुरीका आधारमा राउतलाई पक्राउ गरी जवरजस्ती करणी मुद्दामा म्याद थप गरी अनुसन्धान सुरु गरेको जिल्ला प्रहरी कार्यालय मोरङका डिएसपी घनश्याम श्रेष्ठले जानकारी दिए ।
दीपकसँग प्रेम विवाह गरी काठमाडौं पुगेकी किशोरीको उद्दार गरी आफन्तले दिएको उजुरीका आधारमा प्रहरीले यूवकलाई जवरजस्ती करणी मुद्दा दायर गरेको हो ।

किशोरीको खोजी गर्ने क्रममा महानगरीय प्रहरी कार्यालय वृत गौशलाको समन्वयमा काठमाडौं महानगरपालिका–९ स्थित तिलगंगा एरियामा भेटेपछि विराटनगर ल्याएको थियो ।

तपाईको प्रतिक्रिया

greenland college
KANTIPUR

खबर पूर्वाञ्चल

खबर पूर्वाञ्चल मिडिया प्रालीद्वारा सञ्चालीत खबर पूर्वाञ्चल डट कम
सञ्चालक तथा प्रवन्धक निर्देशक – पुष्पराज थपलिया
सम्पर्क नं. ९८५२०२९८२२, ९८०७०६१९९२
Email: pushpa.biratnagar@gmail.com
सम्पादक – रमेश अधिकारी
सुचना तथा प्रसारण विभाग दर्ता नं. ०७५७/०७४/७५