CLASSICTECH NET

सवारी दुर्घटनामा दुई जनाको मृत्यु

खबर पूर्वाञ्चल, ७ बैशाख २०७६, शनिबार ०८:४८

विराटनगर / १ नम्बर प्रदेशका छुट्टाछुट्टै स्थानमा शुक्रवार साँझ भएको सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ ।

उदयपुरको त्रियुगा नगरपालिका ७ मा गाईघाटवाट चुहाडेतर्फ जाँदै गरेको लु ३ त ४४४९ नम्बरको ट्याक्टरले बिपरीत दिशावाट आउँदै गरेको लु ४९ प ४०७४ नम्बरको मोटरसाईकललाई ठक्कर दिंदा मोटरसाईकल चालक उदयपुरगढी गाउँपालिका ७ का ३५ बर्षीय कालिन्दा भण्डारी गम्भीर घाईते भएका थिए । घाईतेलाई उपचारको लागि धरान स्थित बिपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान घोपा पठाईएकोमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ । ठक्कर दिने ट्याकटर र चालक अस्थायी प्रहरी पोष्ट चुहाडेको नियन्त्रणमा रहेका छन् ।

यसैगरी मोरङको सुन्दरहरैचा नगरपालिका ३ त्रियुगा चोकमा दक्षिणबाट उत्तर तर्फ जाँदै गरेको को २६ प ३०९९ नम्बरको मोटरसाईकल शुक्रवार साँझ आफै अनियन्त्रित भई दुर्घटना हुँदा मोटरसाईकल चालक सोही स्थानका ३५ बर्षीय धनकुमार राई गम्भीर घाईते भएका थिए । घाईतेलाई उपचारको लागी विराटनगर स्थित न्यूरो अस्पताल पठाईएकोमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जानएको छ ।

तपाईको प्रतिक्रिया

खबर पूर्वाञ्चल

खबर पूर्वाञ्चल मिडिया प्रालीद्वारा सञ्चालीत खबर पूर्वाञ्चल डट कम
सञ्चालक तथा प्रवन्धक निर्देशक – पुष्पराज थपलिया
सम्पर्क नं. ९८५२०२९८२२, ९८०७०६१९९२
Email: pushpa.biratnagar@gmail.com
सम्पादक – डिल्ली पोखरेल
सुचना तथा प्रसारण विभाग दर्ता नं. ०७५७/०७४/७५