CLASSICTECH NET

बेहोस बनाएर महिलामाथि लुटपाट गर्ने दुई जना पक्राउ

खबर पूर्वाञ्चल, ६ बैशाख २०७६, शुक्रबार २०:२९

विराटनगर / मोरङको लेटाङ नगरपालिका–५ मा बेहोस बनाएर एक महिलामाथि लुटपाट गरेको घटनामा संलग्न दुई जना मोरङ प्रहरीले पक्राउ परेको छ ।

पक्राउ पर्नेमा सुनसरीको इटहरी उपमहानगरपालिका– १७ की २५ वर्षीया हजरा खातुन र २९ वर्षीय महमद अली रहेको मोरङ प्रहरीका प्रवक्ता डीएसपी घनश्याम श्रेष्ठले बताए । डीएसपी श्रेष्ठका अनुसार उनीहरु १० महिनापछि पक्राउ परेका हुन् । दुवै जनाले २०७५ असार १७ गते साँझ पानी परिहरको बेला लेटाङ–५ की ३९ वर्षीय सुनिता लिम्बूको घरमा ओत लाग्न भनी आएका थिए ।

उनीहरुले त्यतिबेला सुनिताकै मोबाइल मागेर विभिन्न ठाउँमा फोन गर्दै आफूहरुसँग साथमा ५ लाख रुपैयाँ रहेको छ राखिदिनु समेत भनेका थिए । त्यसपछि यो शिवजीको प्रसाद हो यसले फलिफाप गर्छ भन्दै रातो टिका लगाई दिएका थिए ।

उक्त प्रसाद लगाए पश्चात सुनिता र सुनिताका श्रीमान समेत अर्धचेत हुन पुगेको र सोही समयमा सुनिताले लगाएको सुनको सिक्री, कानमा लगाउने पिंजडा, सुनको बाला र नगद ५ हजार समेत गरी करिव २ लाख बराबरको नगद तथा गरगहना खोसी चोरी गरी भागेका उनीहरुलाई मोरङ प्रहरीले पक्राउ गरि सार्वजनिक गरेको छ ।
पक्राउ भएका प्रतिवादीहरूलाई मुलुकी फौजदारीकार्य्विधि(संहिता) ऐन २०७४ बमोजिम जिल्ला अदालत मोरङबाट म्याद थप भई ईलाका प्रहरी कार्यालय लेटाङबाट थप अनुसन्धान भई रहेको मोरङ प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया

moder era School

खबर पूर्वाञ्चल

खबर पूर्वाञ्चल मिडिया प्रालीद्वारा सञ्चालीत खबर पूर्वाञ्चल डट कम
सञ्चालक तथा प्रवन्धक निर्देशक:
पुष्पराज थपलिया
सम्पर्क नं. ९८५२०२९८२२, ९८०७०६१९९२
Email: pushpa.biratnagar@gmail.com
सम्पादक – डिल्ली पोखरेल, ९८५२०२२३९२
सुचना तथा प्रसारण विभाग दर्ता नं. ०७५७/०७४/७५