विराटनगर / विराटनगरको वार्ड नम्बर ७ हाटखोला सिघियामा तटबन्धनसहितको हरितपार्क निर्माण हुने भएको छ ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले आज विराटनगरमा तटबन्धनसहितको हरित पार्क निर्माणको सिलान्यास गरे। संघीय सरकारको १ करोड र विराटनगर महानगरपालिकाको ५० लाखको लागतमा तटबन्धनसहितको पार्क निर्माण गरिने भएको हो । तटबन्धन सहितको पार्कको सिलान्यास गर्दे मन्त्री पण्डितले जुनसुकै सरकारले विकास निर्माणको काम गरे पनि विरोध गर्नु नहुनेमा जोड दिए। उनले विकाश निर्माणमा सबैको सहकार्य र सहयोग आवश्यक रहेको बताए ।
काठमाडौं पछाडि विराटनगरलाई दोस्रो ठूलो र विकसित शहर बनाउने अभियानमा आफू लागेको बताउँदै सबै नगरबासीलाई जुटन पनि उनले आग्रह समेत गरे ।
कार्यक्रममा बोल्दै विराटनगरका महानगरपालिकाका मेयर भीम पराजुलीले संघीय सरकार, प्रदेश सरकार र स्थानीय तह मिलेर विकाशका लागि एकजुट भएर अगाडि बढ्न आफू तयार रहेको बताए । उनले महानगर भित्रका तालतलैया, पोखरी,नदीको उचित संरक्षण र सम्बद्र्धन गर्ने समेत बताए ।
तपाईको प्रतिक्रिया