सहज सेवा दिन मोरङ प्रहरीमा ‘सेवा प्रवाह कार्ड’ लागू

खबर पूर्वाञ्चल, ४ बैशाख २०७६, बुधबार १८:५४

विराटनगर / जिल्ला प्रहरी कार्यालय मोरङमा सेवा लिन आउने सेवाग्राहीहरूको सहजताको लागि ‘सेवा प्रवाह कार्ड’ लागू गरेको छ ।

प्रदेश १ प्रहरी कार्यालय विराटनगरका प्रमुख डिआइजी केदार रिजालले यो सेवाको आज शुभारम्भ गरि लागू गरेका हुन् । प्रहरीले प्रदान गर्ने सेवालाई थप प्रभावकारी बनाउने उद्देश्य अनुरूप ‘सेवा प्रवाह कार्ड’ लागू भएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख एसपी मनोजकुमार केसीले जानकारी दिए ।

सेवा प्रहाव कार्ड लागू भएसँगै मोरङ प्रहरी कार्यालयमा सेवा लिन आउने सेवाग्राहीकाले आफ्नो समस्या अनुसारको कार्ड पाउँनेछन् । जुन मोरङ प्रहरी कार्यालयको प्रवेशद्धार नजिक रहेको नगरिक सहायता कक्षमा हुन्छ । ‘सेवा प्रवाह कार्ड पाँच प्रकारको रंगमा रहेको छ,’ मोरङ प्रहरी प्रमुख एसपी मनोजकुमार केसीले भने, ‘सेवा लिन आउने सेवाग्राहीले आफ्नो समस्या अनुसारको सेवा प्रवाह कार्ड रोज्नेछन् । अरू कसैको साहारा विना सहज रूपमा प्रहरी कार्यालयमा आएर सेवाग्राहीले सेवा लिन सक्नेछन् ।’

सेवाग्राहीले मोरङ प्रहरीको हिरासतमा रहेका थुनवाहरूलाई भेटघाटको लागि रातो कार्ड दिने गरेको छ । त्यस्तै कार्य शाखामा सेवा लिन पहेंलो, महिला तथा बालवालिका शाखामा सेवा लिन सेतो, उजुरी छानविन शाखाको लागि निलो र अपराध अनुसन्धानन शाखाको लागि हरियो रंगको सेवा प्रभाव कार्ड बनाएको एसपी केसीले बताए ।

‘सेवाग्राहीले आफ्नो चाहेको कुन सेवा हो त्यो रोजेर प्रहरी कार्यालय भित्र गएर सहज रूपमा सेवा लिन पाउनेछन्,’ उनले भने, ‘कार्ड अनुसारको कुन शाखा के सेवा लिने त्यो पनि ढोकामा लेखिएको हुनेछ । जसले गर्दा पढ्न नसक्ने सेवाग्राहीले पनि रंगको आधारमा सेवा लिन सक्नेछन् ।’ एसपी केसीले प्रहरी कार्यालयमा सेवा लिन आउने सेवाग्राहीले सेवा पनि पाउने र उनीहरूको अभिलेखिकरण गर्न यो सेवा सुचारु गरिएको बताए ।

कार्यक्रममा १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरका डिआइजी रिजालले सेवा लिन आउने सेवाग्राहीको सहजताको लागि यो सेवा मोरङमा लागू भएको बताए । ‘मोरङमा नमूना र अभ्यासको रुपमा सेवा प्रभाव कार्ड लागू भएको छ । यसको प्रभाव, अध्ययन विश्लेशण गरेर प्रदेशको अन्य जिल्ला प्रहरी कार्यालयमा पनि विस्तार गर्ने योजनामा छौं ।’ विगतको दिनहरूमा प्रहरी कार्यालयमा बिचौलिया हावि भएको भन्दै डिआइजी रिजालले प्रहरीले शुन्य सहनशिलता अपनाएको कारणले गर्दा प्रहरी कार्यालयबाट बिचौलिया पूर्ण रूपमा नियन्त्रण गरेको दाबी गरे ।

तपाईको प्रतिक्रिया

lordbuddha academy
GREENLAND
ARNIKO
EVREST
KVM
budhanilakanth
kantipur
SAGARMATHA-2075
ORCHID
greded

खबर पूर्वाञ्चल

खबर पूर्वाञ्चल मिडिया प्रालीद्वारा सञ्चालीत खबर पूर्वाञ्चल डट कम
सञ्चालक तथा प्रवन्धक निर्देशक – पुष्पराज थपलिया
सम्पर्क नं. ९८५२०२९८२२, ९८०७०६१९९२
Email: pushpa.biratnagar@gmail.com
सम्पादक – रमेश अधिकारी
सुचना तथा प्रसारण विभाग दर्ता नं. ०७५७/०७४/७५