CLASSICTECH NET

राष्ट्रको विकासकालागि स्काउटको आवश्यक–मुख्यमन्त्री राई

खबर पूर्वाञ्चल, ४ बैशाख २०७६, बुधबार १७:२५
नेपाल स्काउट प्रदेश १ को स्काउट आधारभूत तालीमको उदघाटन गर्दै मुख्यमन्त्री राई । तस्वीर : पुष्पराज थपलिया

विराटनगर / प्रदेश सरकारको सहकार्यमा १ सय ३७ स्थानीय तहका सामुदायिक विद्यालय र कलेजमा स्काउट अभियान शुरु गरेको प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले वताए ।

आज विराटनगरको ग्रिनल्याण्ड कलेजमा आयोजित नेपाल स्काउट प्रदेश १ को स्काउट आधारभूत तालीमको उदघाटन गर्दै मुख्यमन्त्री राईले वालवालिका र यूवाहरु मानसिक , सामाजिक र अनुसाशित वनाइ समाज विकासका साथै राष्ट्रको विकासमा सहभागी गराउन स्काउटको आवश्यक रहेको बताए ।

नेपाल स्काउट मुलुकमा राजनीतिक स्थिरताका कायम भएसंगै राजनीतिक पीडितको अवस्थावाट अन्त्य भएको भन्दै मुख्यमन्त्री राईले मुलुकको संघीय संरचनामा रुपान्तरण भई प्रष्ट र आफ्नो सिद्धान्तमा परिचालन भै समाजमा महत्वपूर्ण भूमिका खेल्ने वताए । मुलुकमा शान्ति र राजनीतिक स्थिरता कायम रहेको अवस्थामा तीन तहका सरकारले विकासका आफ्नो लक्ष्यमा अगाडि तिव्र गतिमा वढिरहेकोले जनताले त्यसको अनुभूति चाँडै अनुभव गर्न पाउने मुख्यमन्त्री राईले वताए ।

प्रदेश सरकारले सम्भावनाका योजनाहरुको आधविधक गर्ने कार्य गरिरहेको वताउँदै मुख्यमन्त्री राईले योजना वैंक, लगानी सम्मेलन, प्रदेश विकासको नयाँ मोडललगायतका सोचका साथ अगाडि वढिरहेको जानकारी दिए । उनले अवको केही दिन भित्रमा प्रदेशको स्थायी राजधानी र नामाकारण टुङगाउने र त्यसपछि योजनावद्ध विकासको थालनीका शुरु गर्ने वताए ।

सामाजिक विकास मन्त्री जीवन घिमिरेले यूवाहरुलाई दुव्र्यवनसीवाट मुक्त वनाउन तथा परोपकार भवाना जगाउन स्काउट लाग्नु पर्नेमा जोड दिए । उनले प्रत्येक विद्यालय र कलेजमा स्काउटलाई उच्च प्राथमिकता राख्नु पर्नेमा जोड दिदै वालवालिकामा सिर्जनात्मक भावना जगाई समाजसेवी र नैतिकवान वनाउनु पर्ने बताए ।

प्रदेश १ का उपसभामुख सरस्वती पोखरेलले समाजमा रहेको विकृति र विसंगति रोक्न र यूवाहरुलाई अनुशासित वनाउन नैतिक शिक्षाको आवश्यकता रहेको बताइन् ।

नेपाल स्काउटका प्रमुख आयुक्त लोकवहादुर भण्डारीको सभापतित्वमा भएको उक्त कार्यक्रममा प्रदेशका प्रमुख सचिव केदार न्यौपाने, प्याव्सनका केन्द्रीय अध्यक्ष टिकाराम पुरीलगायतले स्काउटले समाजसेवाको भावना जगाउन विद्यालयस्तरमा कार्यक्रम सञ्चालन गर्नु पर्ने बताए ।
छ दिनसम्म हुने आधारभूत तालीममा प्रदेशका १ सय ३७ स्थानीय निकायका ३ सय २७ पुरुष र १ सय ९५ महिलाहरुेसहभागी रहेका छन् ।

प्रतिक्रियाहरु

  1. Roshina Khadka लेख्नुहुन्छ

    देश बिकाश को लागि नेपाल स्काउटको आबस्यकता भय पनि पछिल्लो समयमा नेपालमा स्काउट को अबस्था किन खस्केदो छ??

तपाईको प्रतिक्रिया

BHANU COLLEGE

खबर पूर्वाञ्चल

खबर पूर्वाञ्चल मिडिया प्रालीद्वारा सञ्चालीत खबर पूर्वाञ्चल डट कम
सञ्चालक तथा प्रवन्धक निर्देशक – पुष्पराज थपलिया
सम्पर्क नं. ९८५२०२९८२२, ९८०७०६१९९२
Email: pushpa.biratnagar@gmail.com
सम्पादक – रमेश अधिकारी
सुचना तथा प्रसारण विभाग दर्ता नं. ०७५७/०७४/७५