पूर्वराजा ज्ञानेन्द्रको सुरक्षाकर्मीको पछुवा कारले ठक्कर दिँदा एकको मृत्यु, एक घाइते

खबर पूर्वाञ्चल, २८ चैत्र २०७५, बिहीबार २०:३३

विराटनगर / पूर्वराजा ज्ञानेन्द्र शाहको सुरक्षाका लागि खटिएको सशस्त्र प्रहरीको कारले मोरङमा मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको भने एक जना गम्भीर घाइते भएका छन् ।

सुन्दरहरैंचा नगरपालिका–९ बुधबारेमा हिजो राति ८ बजे दुर्घटना भएको हो । पूर्व राजा ज्ञानेन्द्रलाई विराटनगर विमानस्थलमा छोडेर फर्किएको बा ३ च ७९६२ नम्बरको पछुवा कारले विपरित दिशाबाट आउँदै गरेको को १५ प ९९७८ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी घनश्याम श्रेष्ठले बताए ।

उनका अनुसार दुर्घटनामा गम्भीर घाइते भएका मोटरसाइकलको पछाडि सवार सुनसरीको इटहरी उपमहानगरपालिका–९ का २२ वर्षीय हेम चौधरीको उपचारका क्रममा विराटनगरको नोबेल मेडिकल कलेजमा राति ९ बजे मृत्यु भएको हो । मोटसाइकल चालक २२ वर्षीय प्रकाश चौधरी गम्भीर घाइते भएका छन् । उनलाई नोबेलबाट थप उपचारका लागि विराट नर्सिङ होम रेफर गरिएको छ । रगत जमेका कारण उनको टाउकोको शल्यक्रिया गरिएको र ४८ घण्टासम्म अब्जरभेसनमा राख्नुपर्ने चिकित्सकले बताएका छन् । न्युरो सर्जन डा. विवेक वैद्य नेत्रृत्वको टोलीले टाउकोको शल्यक्रिया गरेका छन् । डीएसपी श्रेष्ठका अनुसार कारका चालक दीपेन्द्रप्रसाद लम्साललाई नियन्त्रणमा लिइएको छ । उनी सशस्त्र प्रहरीका जवान रहेको उनले जानकारी दिएका छन् ।

डा. वैद्यले टाउकोमा रगत जमेका कारण शल्यक्रिया गरिएको र अवस्था भने खतरामुक्त नरहेको जानकारी दिए । पूर्वराजा ज्ञानेन्द्र र पत्नी कोमल समेतको टोलीलाई विराटनगर विमानस्थलसम्ममा छाडेपछि झापाको दमकतर्फ फर्कने क्रममा मोटरसाइकललाई ठक्कर दिएको डीएसपी श्रेष्ठले बताए । उनका अनुसार यो राजाको सुरक्षामा खटिने सादा पोशाकका सशस्त्र प्रहरीले प्रयोग गर्ने पछुवा गाडी हो ।

गाडी झापाको दमकबाट पूर्वराजासहितको टोलीको सुरक्षाका लागि भनेर विमानस्थलसम्म पिछा गर्दै आएको थियो। सादा पोशाकमा खटिने सशस्त्र प्रहरीले पूर्वराजाको सुरक्षामा प्रयोग गर्ने निशानको कारले मोटरसाइकललाई ठक्कर दिएको हो।

दुर्घटनामा मोटरसाइकलसँगै ठक्कर दिने कारको अगाडि र साइडको भागमा पनि क्षति पुगेको छ। दुवै सवारी साधनलाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान सुरु गरिएको डीएसपी श्रेष्ठले बताए। चालक सशस्त्रका जवान लम्साललाई सवारी ज्यान मुद्दा चलाउन म्याद थप गरेर अनुसन्धान अघि बढाउने तयारी भइरहेको मोरङ प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया

lordbuddha academy
GREENLAND
ARNIKO
EVREST
KVM
budhanilakanth
kantipur
SAGARMATHA-2075
ORCHID
greded

खबर पूर्वाञ्चल

खबर पूर्वाञ्चल मिडिया प्रालीद्वारा सञ्चालीत खबर पूर्वाञ्चल डट कम
सञ्चालक तथा प्रवन्धक निर्देशक – पुष्पराज थपलिया
सम्पर्क नं. ९८५२०२९८२२, ९८०७०६१९९२
Email: pushpa.biratnagar@gmail.com
सम्पादक – रमेश अधिकारी
सुचना तथा प्रसारण विभाग दर्ता नं. ०७५७/०७४/७५