RUMPUM
animated ellipse animated ellipse

मापदण्ड विपरीत सञ्चालित क्रसर उद्योग बन्द गर्न माग

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

२८ चैत्र २०७५, बिहीबार १८:५३
3
Shares
विराटनगर / आज बसेको प्रदेश नं १ को प्रदेश सभाको वैठकमा “प्रदेश पर्यटन विकास “ सम्वन्धमा व्यवस्था गर्न वनेको विधेयक, २०७५ लाई दफावार छलफलको लागि उद्योग, पर्यटन, वन तथा वातावरण समितिमा पठाइयोस भनी राखिएको प्रस्ताव सर्वसम्मतिले पारित भएको छ ।

प्रदेश सभा नियमावली २०७४ को नियम ९४(१)(ख) र नियम ९५ वमोजिम उक्त प्रस्ताव निर्णयार्थ वैठकमा प्रदेश नं १ का सामाजिक विकास मन्त्री जिवन घिमिरेले पेश गरेका छन् ।

सो प्रस्ताव माथि सात सभासदस्यहरुले संशोधन सभामुख प्रदीपकुमार भण्डारीले गर्ने बताए । यसैगरी आजैकै वैठकमा प्रदेश नियमावली ,२०७४ को नियम ९२ र नियम ९५ वमोजिम “प्रदेश आर्थिक कार्यविधि( पहिलो संशोधन ) विधेयक, २०५७ सदनमा निर्णयार्थ प्रस्तुत हुंदा सर्वसम्मतिले पारित भएको छ ।

सामाजिक विकास मन्त्री घिमिरेले प्रस्तुत गदै प्रदेशको आर्थिक कार्यविधिलाई नियमित र व्यवस्थति वनाउन प्रदेश आर्थिक कार्यविधि ऐन २०७४ दफा ९ मा पूर्व वजेट छलफलको व्यवस्था अवधि लामो भै कार्य सम्पादनमा कठिनाई भएकोले यस सम्वन्धमा कानूनी व्यवस्थालाई संशोधन गर्ने बताए ।

शुन्य समय
प्रदेश सभाको आजको शुन्य समयमा सभास दस्यहरुले वन जंगलको चोरी निकासी, अवैध रुपमा सञ्चालित क्रसर उद्योग र आमाको नाममा नागरिकता प्रमाणपत्र दिने कानून कार्यान्वयन गर्नु पर्नेमा जोड दिए ।

प्रदेश सभाका सदस्य ज्योति सुव्वाले कार्यक्रम छनौटमा प्रदेश मन्त्रालयका कर्मचारीहरु र मन्त्रीहरुले विभेद गरेको आरोप लगाउदै यस अविलम्व सुधार गर्नु पर्नेमा जोड दिए ।उनले आफ्ना आफ्ना सदस्यहरुलाई कार्यक्रम दिएको, हुलाकी मार्ग अन्तर्गतको दुग्ध दक्षित छनौट कार्यक्रममा सुनसरी जिल्ला सुन्य रहेको आरोप लगाए ।

झापा क्षेत्र १ मा चट्याङवाट मृत्य भएको प्रकाश राउतलाई आर्थिक सहयोग गर्न आग्रह गर्दै प्रदेश सभा सदस्य राधा थापाले आमाको नाममा नागरिकता प्रमाणपत्र वितरण गर्ने कानून कार्यान्वयन गर्न प्रदेश मार्फत दवाव दिनु पर्ने वताइन् ।

यसैगरी नेपाली कांग्रेसका प्रदेश सभा सदस्य शुयर्माराज राईले मापदण्ड विपरीत मोरङ जिल्लाको वन तथा वसोवास स्थानमा विपरीत सञ्चालित क्रसर उद्योगलाई बन्द गर्नुपर्नेमा जोड दिए । उनले ३६ हजार घनमिटर उत्खनन अनुमती भएकोमा अहिले ५ देखि ६ लाख ढुंगागिट्टी उत्खनन गरिएको देखिएको यस कार्यमा संलग्नलाई कारवाहीको माग गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

फोटो फिचर