CLASSICTECH NET

लागूऔषध सहित १ पक्राउ

खबर पूर्वाञ्चल, २७ चैत्र २०७५, बुधबार १७:०२

झापा / झापाको भद्रपुर नगरपालिका ५ बसपार्कबाट प्रहरी टोलीले लागूऔषध सहित आज १ जनालाई पक्राउ गरेको छ ।

लागूऔषध सहित उदयपुर बेलका नगरपालिका ५ का २२ वर्षीय बीरधन तामाङलाई पक्राउ गरेको वडा प्रहरी कार्यालय भद्रपुरले जनाएको छ ।

प्रहरीले आज विहान शंकास्पद अवस्थामा हिडिरहेका तामाङलाई चेकजाँच गर्ने क्रममा लागूऔषध फेनारगन २० एम्पुल, डाईजेपाम २० एम्पुल र लुपिजेसिक २० बरामद गरेको छ । पक्राउ परेका तामाङलाई वडा प्रहरी कार्यालय भद्रपुरमा राखि थप अनुसन्धान भईरहेको झापा प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया

greenland college
KANTIPUR

खबर पूर्वाञ्चल

खबर पूर्वाञ्चल मिडिया प्रालीद्वारा सञ्चालीत खबर पूर्वाञ्चल डट कम
सञ्चालक तथा प्रवन्धक निर्देशक – पुष्पराज थपलिया
सम्पर्क नं. ९८५२०२९८२२, ९८०७०६१९९२
Email: pushpa.biratnagar@gmail.com
सम्पादक – रमेश अधिकारी
सुचना तथा प्रसारण विभाग दर्ता नं. ०७५७/०७४/७५