AArya
RUMPUM
animated ellipse animated ellipse

नागरिकता सम्बन्धि गृह मन्त्रालयको परिपत्र कार्यान्वयन नगर्न सर्वोच्चको आदेश

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२५ चैत्र २०७५, सोमबार २०:५९
3
Shares

विराटनगर /जन्मका आधारमा नागरिकता लिएकाको सन्तानलाई वंशजको नागरिकता दिन गृह मन्त्रालयले गरेको परिपत्र कार्यान्वयन नगर्न सर्वोच्च अदालतले आदेश दिएको छ ।

सर्वाेच्च अदालतले गृह मन्त्रालयले जारी गरेको परिपत्र कायान्वयन नगर्न आज आदेश दिएको हो । न्यायधीश पुरुषोत्तम भण्डारीको इजलासले गृह मन्त्रालयको परिपत्र कार्यान्वयन नगर्न आदेश दिएको हो ।

गृह मन्त्रालयले चैत १९ गते देशभरका सवै जिल्ला प्रशासन कार्यालयलाई पत्र लेखी जन्मका आधारमा नागरिकता प्राप्त गर्नेको सन्तानलाई कानून बमोजिम वंशजको नागरिकता दिने निर्णय भएको भनी कार्यान्वयन गर्न आग्रह गरेको थियो । परिपत्र पाएसंगै मोरङमा पनि नागरीकता वितरण गरिएको छ ।

तर गृह मन्त्रालयको परिपत्र कार्यान्वयन नगर्न अन्तरिम आदेशको माग गर्दै वरिष्ठ अधिवक्ता वालकृष्ण न्यौपानेले प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयलाई समेत विपक्षी बनाउँदे रिट दायर गरेका थिए ।

न्यौपानेले गरेको रिटमाथी सर्वाेच्चले सुनुवाइ गर्दै यस्तो फैसला गरेको हो । न्यौपानेले संसदमा छलफलकै क्रममा रहेको नागरीकता संबन्धि विधेयक विचराधिन नै रहेको बेला यस्तो परिपत्र जारी गर्नु उपयुक्त नभएको बताए । उनले भने संसद भन्दा गृह मन्त्रालय ठुलो नहुने भन्दै रिट दायर गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर